फलको राजा आँपका पाँच फाइदा..यौन बर्दक फल हो ..


 आँपलाई फलहरुको राजा पनि भनिन्छ । यो निकै पौष्टिक मात्र होइन गुणकारी पनि हुन्छ । आँपमा औषधिय गुण समेत पाइने विभिन्न खाले अध्ययनले देखाएका छन् । यद्यपि आँप पाक्ने सिजन सुरु नहुँदै बजारमा आएका औषधिले पकाइएका आँप खाँदा भने ध्यान दिनुपर्छ । स्वस्थ आँप खाँदा स्वास्थ्यमा हुने फाइदाहरु निम्न छन् :

१. पाचन प्रक्रियामा सहयोग : आँपमा विभिन्न इन्जाइमहरु पाइन्छ जसले प्रोटिनको सश्लेषणमा सघाउ पूराउँछ । त्यसकारण साँझ विहानको अघाउन्जी खाना खाएपछि आँप खाइयो भने सजिलै खाना पच्दछ । यसका साथै आँपमा पाइने फाइबर, भिटामिन, मिनिरल्सहरुले समेत सरीरको उपापचयन प्रक्रियामा सहयोग पूराउँदछ ।

२.मधुमेहीका लागि उपयोगी :  मधुमेहका रोगीका जे पायो त्यहीँ फलफूल तथा खानेकुरा खानु हानिकारक हुन्छ । तर ठिक्क मात्रामा आँप सेवन गर्दा मधुमेहीलाई बेफाइदा गर्दैन । आँपको सेवनले मधुमेहीको रगतमा चिनिको मात्रा बढाउँदैन । आँपमा ग्याइकेमिक इन्डेक्स अर्थात रगतमा चिनिको मात्रा बढाउने तह निकै कम हुने भएकाले मधुमेहका रोगीले आँप खानु राम्रो हुन्छ ।
३. कोलेस्टेरोलको मात्रा घटाउँछ :  आँपमा फाइबर, भिटामिन सी तथा पेक्टिन जस्ता तत्व पाइन्छ । यसले सरीरमा हानिकारक कोलेस्टेरोल मानिने कम घनत्वयुक्त लिपोप्रोटिन लाई घटाउन मद्दत गर्छ ।
४.आँखाको दृष्टिमा सुधार :  आँपको नियमित सेवन आँखाको दृष्टिलाई राम्रो बनाउन र आँखालाई स्वस्थ राख्न सहयोगी हुन्छ । आँपमा प्रसस्त मात्रामा भिटामिन ए पाइन्छ । तसर्थ आँपले रतन्धो तथा आँखा सुख्खा हुने रोगबाट समेत जोगाउन मद्दत गर्छ । दैनिक एउटा आँपको सेवनले सरीरलाई चाहिने भिटामिन ए को एक चौथाइ मात्रा पूरा गर्छ ।

५. यौनबर्धक :  धेरैलाई थाहा नहुन सक्छ कि आँप यौनबर्धक फल पनि हो । आँपको नियमित सेवनले सरीरमा यौनक्षमतामा वृद्धि गर्छ । आँपमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ जुन हल्का यौनबर्धक तत्व हो । आँपमा एस्ट्रोजेन हर्मोन जस्तै एक यौगिक पाइन्छ । त्यसैले आँपको नियमित सेवनले महिला र पुरुष दुबैमा यौनक्षमतामा वृद्धि गर्छ ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment