मध्य राती ठमेलमा एक बिदेशी युवतीको सामुहिक बलात्कार रात्रि व्यवसायको हब ठमेलमा बेश्यावृत्तिका विषय कुनै नौलो कुरा भएन । तर, ठमेल क्षेत्रमा बढेका अनौठा बलत्कारका घटनाले भने धेरैलाई आश्चर्यमा पारेको छ ।केही महिनाअघि एक विदेशी युवतीमाथि ठमेलमा सामूहिक बलात्कार भएको थियो ।
त्यस्तै प्रकृतिको घटना फेरि क्षेत्रपाटीमा दोहोरिएको छ । एक युवतीलाई रक्सी पिलाएर सामूहिक बलात्कार गरेको आरोपमा यतिबेला चार जना युवा प्रहरी हिरासतमा छन् । घटना कात्तिक २९ गते बेलुकाको हो । क्षेत्रपाटीको ताम्सिपाखाका स्थानीयहरू ८/१० जना युवाहरू मदिरा पिएर बसेका थिए । त्यसमा एक युवती थिइन् । युवाहरू सबै घरवालाहरू थिए भने युवती डेरा गरी बस्थिन् । सो समूहमा बसेर युवतीले पनि मदिरा पिइन् । राति करिब ११ बजेपछि अरु घरमा गए । चार युवा र युवती मात्र त्यहाँ थिए ।
सबैजना मदिरामा मात्तिसकेका थिए । नशामा युवतीलाई उनीहरूले किस खा“दै जिस्कन थाले ।एकराज शाहीको सो ठाउँमा कवाडी सामानको गोदाम छ । युवती लिएर शाही र विकास महर्जन गोदाममा छिरे । रातभर त्यही बसे । भोलिपल्ट युवतीले सामूहिक बलत्कार भएको भन्दै उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन् । शाही र महर्जनका साथै उनीहरूको साथीहरू राजिते श्रेष्ठ र सुरेश महर्जन पनि यतिबेला प्रहरी हिरासतमा छन् । राजिते र सुरेश बलात्कारमा संलग्न नभएपछि उनीहरूले सहयोग गरेका थिए ।
पीडित युवतीकी आमा छोरी खोज्दै बेलुका गोदाममा आएकोमा उनीहरूले छैन भन्दै फर्काइदिएका थिए । त्यसकारण महानगरीय प्रहरी वृत्त जनसेवाले चारै जनाविरुद्ध जर्बजस्तीकरण मुद्दा दायर गरेको छ । पक्राउ परेकाहरू भने सहमतिमै शारीरिक सम्बन्ध राखेको बताएका छन् ।
0 comments:
Post a Comment