श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनूरलाई पाईरेसी गरी युट्युबमा राख्ने ब्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्ने उद्घोष निर्देशक आकाश अधिकारीले गरेका छन् ।
फिल्म पाईरेसी भएको बिषयलाई लिएर आयोजना भएको आकस्मिक पत्रकार भेटघाटमा निर्देशक अधिकारीले नेपालबाट अपलोड भएको भए यहिको प्रशासन वा विदेशबाट भए एेम्बेसीको साहरामा पाईरेसी गर्नेलाई पक्राउ गरी कारवाहीको प्रक्रिया अघि बढाईने बताएका छन् ।
‘नियोजित रुपमै फेक युजर आईडी बनाएर फिल्म अपलोड गरिएको रहेछ त्यसैले हामीले जसरी भए पनि दोषीलाई पक्राउ गर्ने पर्छ । ‘ आकाशको भनाई छ ।
पत्रकार सम्मेलनमा निर्माता चन्द्र प्रसाद श्रेष्ठले पनि दोषीलाई कारवाहीको प्रक्रियामा ल्याई छाड्ने बताएका छन् । तर उनीहरुले युट्यूबमा आएको फिल्मलाई अरु कोहीले डाउनलोड गरी राखेको भए पुनः अपलोड नगर्न र सकेसम्म डिलिट गरी श्रीकृष्ण श्रेष्ठ प्रति सम्मान जनाउन आग्रह समेत गरेका छन् । गत श्रावण २३ मा रिलिज भएको कोहिनूर सुपरस्टार श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म हो जुन फिल्म रिलिज भएको भोलिपल्टै श्रीले यो संसार त्यागेका थिए ।
नेपालबाट ११ करोडको ब्यापार गरेको कोहिनूरलाई हालै मात्र विश्व बजार तर्फ हङकङ, कतार, कोरिया, इजराईल, डेनमार्क र फिनल्याण्डको पहिलो चरणको प्रर्दशन सकेर अष्ट्रेलिया अमेरिकामा र मलेसिया सहित धेरै राष्ट्रमा प्रर्दशन गर्ने तयारी निर्माताहरुले गरेका थिए । जुन क्रममा अचानक पाईरेसी भएर युट्युबमा कोहिनूर आउँदा निर्माता निर्देशक आत्तिएका हुन ।
तर मंगलवार राति पाईरेसी भएको खबर जानकारी भएपछि तुरुन्त युट्यूब कम्पेल्न मार्फत फिल्म हटाउन चाहि कोहिनूर टिम सफल भएको छ ।
यस अघि नाईँ नभन्नू ल २, ६ एकान ६, छड्के, लुट, तथा बाटो मुनिको फूल जस्ता चर्चित फिल्मका निर्माताहरु पनि पाईरेसीको सिकारमा परेका थिए ।
स्क्रिन सटमा हेर्नुस् : ट्यूबमा यसरी अपलोड भएको थियो ।
निर्देशक आकाश अधिकारीको कम्पनी द स्काई मुभिजले केल्म गरे पश्चात युट्युबबाट यसरी हटेको छ फिल्म
0 comments:
Post a Comment