अल्सर
प्राय गरेर अहिलेका मानिसहरुमा ग्यास्ट्रीक बढ्दो छ । समयमा खाना नखानाले खाना खाएमा पनि भोका पेटमा चिल्लोले गर्दा ग्यास्ट्रीक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ ।
आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दघ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुको खानपानको लापरबाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।
अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ?
अल्सर रोग लाग्यो भने छाति वा पेटको माथिपट्टिको भाग दुख्छ ।
खाली पेट अथवा खाना खाइसकेपछि पनि दुखिरहन्छ ।
उल्टी आउला कि जस्तो हुन्छ, उल्टी आयो भने आराम हुन्छ ।
वाक्दा रगत नै पनि आउन सक्छ ।
अल्सर लागेमा के खानेकुरा खाने ?
चिसो दुध पटक पटक दिनको ७ ८ कप पिउने ।
एकै पटक धेरै खाना नखाने, थोरै थोरै ४ ५ पटक खाने ।
खानामा दुध, दाल, विस्कुट, रोष्ट भात, मुगको दाल, स्याउदाना, जाउलो खाने ।
फलफूलमा जस्तै अङ्गुर पाकेको केरा, स्याउदाना, गाँजर खाने ।
प्रोटिनमा अण्डा, पनिर, दाल खानुहुन्छ ।
अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ?
अत्यधिक तातो र चिसो खानेकुरा नखाने ।
पिरो, मसलाको मात्रा धेरै, चर्को तरकारी, अमिलो दहि र अमिलो महि नखाने ।
पेय पदार्थमा रक्सी, गाढा रंग हालेको चिया र कफी नखाने ।
तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment