तौल नबढाउन के खानुपर्छ ?
|
के तपाईं तौल घटाउने विचारमा हुनुहुन्छ? तर, कार्यालयमा कम्प्युटरमा बसेर काम गर्न विवश हुनुहुन्छभनेतपाईंले तेलयुक्त खानेकुरा, चिप्स, प्याकेटका खानेकुरा खाने बानी त्याग्नुपर्छ। तौल नबढाउने हो भने निम्न प्रकारका खाना खान सकिन्छ :
उसिनेको अन्डा : हामीले उसिनेको अन्डाको फाइदाका बारेमा धेरै सुनेका छौं। अन्डामा धेरै प्रोटिन पाइन्छ। कार्यालय जाँदा अन्डा लिएर जान सकिन्छ। यसलाई अन्य सलादसँग मिसाएर पनि खान सकिन्छ।जौको बिस्कुट : आफ्नो तौल धेरै भएर चिन्तित हुनेहरूले जौको बिस्कुट खानुपर्छ। जौमा क्यालोरी थोरै हुन्छ। यस्तो बिस्कुट कार्यालयमा लिएर जान सकिन्छ। तर, दिनको तीनचारवटाभन्दा बढी खानु हुँदैन।
बदाम : बदाम स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। काममा व्यस्त भए पनि केही बदाम, सुकेको अंगुर र दुईतीनवटा काजु खाँदा भोक मेटाउनुका साथै फिट रहन पनि मद्दत गर्छ।
पपकर्न : पपकर्न एक प्रकारको स्वस्थ खाजा हो। यो जति खाए पनि चिन्ता मान्नु पर्दैन किनकि यसले तौल बढ्दैन अनि भोक मेटाउन सहयोग गर्छ। बोकेर हिँड्न पनि सजिलो हुन्छ।
सुप वा जुस : शुद्ध भेज सुप वा जुसले भोक मेटाउनुका साथै काममा स्फूर्त बनाउँछ।उसिनेको मकै : मकै भिटामिन 'सी'को उत्तम स्रोत हो। निरन्तर मकै खाँदा स्वस्थ रहन मद्दत गर्छ। कार्यालय जाँदा उसिनेको मकै बोक्न सकिन्छ। यसमा बटर, नुन, खुर्सानीको धुलो र कागती लगाउँदा स्वादिलो हुन्छ। उसिनेको मकै मन पर्दैन भने पोलेको मकै पनि खान सकिन्छ।
टुसा उम्रेको गेडागुडीको सलाद : आफूलाई मन पर्ने गेडागुडी उमारेर त्यसलाई उसिन्ने अनि नुन र मरीच मिसाएर सलादका रूपमा कार्यालयमै बसेर खान सकिन्छ।
0 comments:
Post a Comment