हामी हिन्दु नै भै रहनु पर्ने ? किन? "गुणाधीस खनाल"

लेख्न पटक्कै मन थिएन। तर लेख्नै पर्छ भन्ने लग्यो। अब चुप पनि बस्न हुन्न भन्ने सोच्दै छु, क्रान्तिको लागि कु-संस्कृतिको लागि, न्यायको लागि, अधिकारको लागि, समानता र तत्व बोधको लागि। धर्म परिवर्तन गरेर क्रिस्टियन भएकी संघर्सरत गायिका अन्जु पन्त अहिले cyber bully को सिकार भएकी छिन्। उनका केहि अफ्टयारा लाग्ने भिडियो social media तथा online छापामा आए पछि स्थिति उन्को नियन्त्रण भन्दा बाहिर गएको हो। उन्का बाक्यले आहत बनेका समर्थकहरुको मनमा कसरी मलम लगाउन सफल हुन्छिन् उनि नै जानुन्। उनका बाक्यहरुबाट उन्का हिन्दू समर्थकहरु आहत हुनु पर्ने नै हो त? कस्ले सुन्छ र अचेल देवी देउताका गित? तथापी किन हिन्दू हुन चाहन्छन् हिन्दूहरु? के हो हिन्दू धर्म? कसरी स्थापित छ हिन्दू धर्म युवाहरु मा ? के प्रतिको आस्था हो ? धर्म प्रतिको वा संस्कृती प्रति को? तल म प्रश्न गर्ने छु र उत्तर तपाईं आफैले दिनु पर्ने छ।
आफुलाई हिन्दू धर्मको पहरेदार सम्झनेहरु बेला बेला धर्मको पक्षमा कुर्लि रहन्छन्। कोही संगठनिक रुपमा कोही असंघठानिक रुपमा। तिनै धर्मको ठेकेदारी लिएर बसेकाहरु, आफ्नै धर्म मान्नेहरुलाई घर, आँगन, मन्दिर, गुठी आदिमा छिर्न दिंदैनन्। अन्तर जातिय विवाह गरे गाउँ निकाला गर्छन्। छोरी, ज्वाईं बाहुन-क्षेत्री खोज्छन् अनि फेरी धर्मका ठुला कुरा? महाभारत लेख्ने बेदव्यस मछवारा, रामायण लख्ने बाल्मिकी क्षेत्री, महार्सी बिस्वामित्र गाउँ निकाला भएका परिवार अनि ग्रन्थहरुमा र धर्ममा ठेकदारी किन ? तै पनि फेरी डोलबहादुर कामी आँगनमा खुट्टो राख्न डराउछ मन्दिर त परको कुरो। धर्म कै कारण तल्लो जाति भएर सकसको जीवन जिउनु भन्दा त धर्म परिवर्तन गरेर उन्मुक्ति पाएकै बेस। कुनै अपहेलित जाति किन हिन्दु भै राख्ने जब उसलाई आफ्नै भगवान पुज्ने छुट छैन?
हिन्दु धार्मिहरुलाई फेरी धर्मको गहिरो अर्थ नै थाहा छैन। धर्मको अर्थ नै थाहा छैन भने त्यो धर्मको पछि किन लाग्ने? चप्पल उल्टो भए नराम्रो, बिरालोले बाटो काटे नराम्रो, मन्दिरको बत्ति निभे अनिस्ट आदी आदी स्किक्छ्न्न् हिन्दुहरु घरमा। लौ अलि सानोमा ठिकै होला तर उमेर ढल्किन थाले पछि, जीन्दगीमा दिग्दारी/समस्या बढ्न थाले पछि, म किन जन्मे? मेरो यो संसारमा के भूमिका छ? म कता जानु पर्छ भन्ने भावना आउंछ धेरैमा। त्यसको उत्तर कस्ले दिने? गेरु बस्त्र धारण गरेर आउने अहिलेका जोगी-बाबा ‘अलोक निरन्जन’ ‘भिक्षा’ मात्र भन्न सक्छन् प्रभुको सन्देस बोकेर, कोट-प्यान्ट, लगाएर ढोकामा त यसु ख्रिस्टका अनुयाईहरु नै आउँछन्, घन्टी बजाउन! अनि कुन धर्ममा जाउन् मान्छेहरु? के सिकाएको छ हामीलाई हाम्रो नजिकका पुर्खाहरुलेले, धर्मको ठेकेदारहरुले, सनातन धर्मको बारेमा ? के सिकेका छौ र हामीले हाम्रो धर्मको बारेमा र हामी आहत हुने ? को हो परिवर्तन सिल र गतिल समाजमा हिन्दू दर्सनको सच्चा पाठ पढाउन सक्ने?
anjupantहोलिमा रंग छेप्नु र दशैंमा जमरा घुसार्नु हिन्दु संस्कृती हो तर यस्ता उत्सब मात्रै हिन्दु धर्मको ब्याख्या होइन। पैसा धुत्ने पुरेतले लन्ठ्यंग मंठ्यांग हल्लाईदिएर कर्म-काण्ड सक्किन्छ। किन गरेको के गरेको भेउ पत्तै केही छैन। अन्य धर्म लिएकाहरुले जिस्किएर नै सोधे पनि मुटुमा हात राखेर भन्नु होस् यो प्रस्नको उत्तर कोले दिन सक्छ: लिङ्ग किन पुजा गरेको ? कति करोड देउता छन् रे- नाम भन त ? फेरी ब्रह्म बिस्नु को त ? गाई किन पूजेको? ए गाईको पिसाब पनि खान्छौ ? गणेस कसरी मुसोमा चद्छ? कुनैको उत्तर कसैले घरमा पाएको छ भने भन्नु होला। को हो त हामीलाई हिन्दु धर्मको बारे सिकाउने? यस्ता अवाक बनाउने र लज्जित पार्ने धर्म हामीले किन पालना गर्ने ? हामी हिन्दु नै भै रहनु पर्ने ? किन?
प्रस्न बडो संबेदनसिल छ। तर रिस गरेर, खेदो खनेर, कोहि कतै पुग्ने होइन। आफ्नोमा भएका बिकृति फाल्नसके धर्मको गोठालो भै हिड्नु पर्दैन। हिन्दु धर्ममा उच्च कोटीको ज्ञान छ भन्ने कुरामा दुइ मत छैन। हिन्दू धर्म अन्य धर्म भन्दा फरक छ किन के यो अन्य धर्म अरु भन्दा हजारौ साल पुरानो धर्म हो। तर हिन्दू धर्मको मौलिक गुण मोक्ष्य प्राप्तिको एकल बाटोको पाठ पढाउने नयाँ धर्म भन्दा उदार, भिन्न र उत्सबहरुले भरिएको छ।योग र साधनाको असाधारण बैज्ञानिक पुस्टि भै सकेको छ। अनेकौ पश्चिमा बैज्ञानिकहरु र विचारकहरु हिन्दु ग्रन्थका, आयुर्वेद, कला संस्कृति, दर्सन शास्त्रका कायल छन्। तर हिन्दुहरु भने धर्मका बोक्रे कुरामा मात्रै सिमित छन्। तथापी निस्टाका साथ पालन गरेका बोक्रे कुराले नै हिन्दु धर्मलाई बेजोडसंग हजारौ वर्ष टिक्न सक्ने बनाएको हो। तर समय छँदै हिन्दुले ‘हिन्दु’ नचिन्ने हो भने र समाजमा ब्याप्त विसंगतिलाई एक झट्कामा फाल्न सक्ने हिम्मत नगर्ने हो भने हिन्दू धर्म अल्पमतमा पर्ने कुराको कुनै दुइ मत छैन। हो अल्पमतमा, किन कि धर्मको पनि बेजोड राजनीति हुन्छ। तर्क हुन्छ, असल ज्ञान बाँढन राजनीति गर्न किन हिचकिचाउने ! यस्तै विकृति र बेथिति हिन्दु धर्ममा रहीरहे अर्को १२ वर्षमा धार्मिक प्रचण्ड र बाबुरामको उदय हुन कत्ति बेर लाग्दैन, फुत्त, अन्य अनेकौ इतिहासमा जस्तै। तर त्यति खेर मलाई कुनै खेद हुने छैन, किनकि परिवर्तन त आवस्यकता हो, असन्तुस्टी वा अभावको।
लेखक :गुणाधीस खनाल
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

1 comments: