विहान सवेरै उठेर नुहाउने बानीले रोग, चिन्ता वा तनाव समेत कम गर्ने शास्त्रमा उल्लेख छ । यहाँ विहानमा नुहाँउदा हुने फाइदाबारे चर्चा गरिएको छ ।
शास्त्रीय श्लोक भन्छः
गुणा दश स्नान परस्य साधो रूपञ्च तेजश्च बलं च शौचम्।
आयुष्यमारोग्यमलोलुपत्वं दु:स्वप्रनाशश्च यशश्च मेधा:।
अर्थात बिहान सवेरै स्नान गर्दा शरीरमा १० वटा गुण प्राप्त हुन्छन् । यसरी प्राप्त हुने गुण यस्ता छन्ः
१ सौन्दर्य ।
२ शारीरिक शक्ति
३ ज्ञान, ऊर्जा
३ आत्म विश्वास
४ पवित्र मन, विचार र कर्म
५ स्वास्थ्य
६ बुद्धि र विवेक
७ सपनाबाट छुटकारा
८ लालसाबाट मुक्ति
९ यश
१० कीर्ति।
शास्त्रमा दैनिक रूपमा बिहान नुहाउँदा शरिर निरोगी हुनुका साथै मन-मष्तिष्क पनि उर्जावान् र तनावमुक्त रहने उल्लेख छ । विहानको नुहाइले दिनभरी नै फ्रेस राख्ने भएका कारण यसमा बैज्ञानिक आधार समेत रहेको पाइन्छ ।
0 comments:
Post a Comment