रक्सि ले ह्याङओभर भयो, मह खानुस फाइदा पुर्याउँछ..


काठमाडौं, हालै गरिएको एक अध्ययनबाट टोस्टमा मह लगाएर खानाले ह्याङओभरमा फाइदा पुर्याउने कुरा पत्ता लागेको छ ।  

रोयल सोसाइटी अफ केमिस्ट्रीका अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार महको सेवनले मानिसहरूले आफ्नो शरीरमा रहेको विषाक्त प्रभावहरूलाइ टाढा भगाउन सक्दछन । उनले बताए अनुसार महमा हुने फ्रुकटोस (जुन गोल्डन सिरपमा पनि पाइन्छ) ले शरीरको भित्र रहेको रक्सीको कुप्रभावहरूलाइ टाढा भगाउनका लागी आवश्यक तत्वको भूमिका निभाउँदछ रक्सी पिउँदा आनन्दको अनुभव हुन्छ तर यसभित्र रहेको एसीटालडीहाइड, विषाक्त हुने गर्दछ र यसले मानिसहरूलाइ टाउको दुख्ने चक्कर आउनुका साथै कहिलेकाहीँ उल्टि पनि हुने गर्दछ ।  

‘द डेली टेलीग्राफ’ मा प्रकाशित एक रिपोर्ट अनुसार महले एसीटालडीहाइडको प्रभावलाइ बिस्तारै बिस्तारै हटाउनुका साथै ह्याङ्ओभरबाट समेत मानिसलाइ मुक्त गराउँदछ ।समाचारपत्रमा यो खबर अनुसन्धानकर्ता टीमका प्रमुख डा. जोन एमस्लेलाइ उद्धृत गर्दै बताइएको छ । उनका अनुसार डबलरोटी (ब्रेड) वा टोस्टमा मह लगाएर खानाले शरीरमा पोटेशियम र सोडियम जस्ता फाइदाजनक तत्वहरू आउने गर्दछ । जसले मानिसलाइ रक्सीको कुप्रभावबाट टाढा राख्दछ ।  

यसका साथै डा. एमस्लेले बिहान एक ग्लास दूध पिउनाले तथा राती सुत्नु अघि पानी वा शीतल पेय पदार्थ पिउनाले पनि रक्सीको असर कम हुने बताएका छन । 
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment