पारस शाह...मलाई फसाइयो , जीवनसँग जुवा खेल्न मसँग अझै मुटु छ-

मलाई लाग्छ मैले फेसबुकमा गत सेप्टेम्बर ११ मा पोष्ट गरेको थिएँ । त्यसपछि धेरै घटनाहरु भएका छन् ,यो दुई महिनाको अवधिमा लागुपदार्थको दुब्र्यसनीबाट लठ्एिको अवस्थामा एकपछि अर्को गिरफ्तारी, जेल सजाय सम्मका घटना जस्ता विभिन्न परिघटनाका श्रृङखलालाई मेरा साथीहरु र परिवारले विश्वास गर्ने अवस्था आयो ।
तपाईलाई याद छ भने मैले एउटा खेलको सन्दर्भ पनि उल्लेख गरेको थिएँ । मैले यो खेल दोश्रो पटक खेल्न गइरहेको कुरा उल्लेख गरेको थिएँ । र मैले यो खेल दोश्रो पटक खेलिसकेको छु । पछिल्लो पटक मैले यो खेल खेल्दा हार्नुपरेको थियो र मैले यसको कडा मुल्य चुकाउनुपरेको थियो, मेरो जीवनसँग । मलाई आशा छ फेसबुकमा पोष्ट गरिएको यो कुरा तपाईलाई याद छ । म गलत होइन भने मैले यो ११ सेप्टेम्बरमा अदालतमा पोष्ट गरेको थिएँ । मैले मेरा साथीहरुलाई अक्टोबर ६ सम्म मेरो साथ दिन अनुरोध गरेको थिएँ जुन दिन मेरो अदालतमा पेशी थियो । अनि मैले सबैलाई समयले सबै कुरा बताउने उल्लेख गरेको थिएँ । सेप्टेम्बरको मध्यबाट सेप्टेम्बरको अन्त्यसम्म यहाँ रहेका मेरी बहिनी र मेरा मिल्ने साथी पनि घर फर्के । लगायत अन्य नेपालीहरु पनि हाम्रो महान चाडका लागि थाइल्याण्डबाट फर्किए । सबै मान्छेहरु दशैंमा उनीहरुका परिवारका साथमा गएको कुरामा म गुनासो गरिरहेको छैन । त्यही समयमा मेरा बुबा हृदयघातबाट पीडित भएको समाचार मैले प्राप्त गरें । त्यती नै बेला मैले बुबाको स्वास्थ्यको गम्भिरताबारे बुझुन्जेलका लागि मेरी बहिनीलाई एकदिन अरु बैंककमा कुर्न अनुरोध गरेको थिएँ । बुबाको स्वास्थ्य अवस्था धेरै गम्भिर नरहेको र यो सामान्य खालको हृदयघात भएको खबर पाएपछि अर्कोदिन मेरी बहिनी र मेरा साथी काठमाडौं प्रस्थान गरे । उनीहरुले २५ अक्टोबरको भाईटिकामा फर्कने वाचा समेत गरेका थिए ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment