स्त्री-पुरुषका बीच यौन सम्बन्धको बास्तविक सुख मिनेटमानै प्राप्त हुन्छ, यसका लागी घण्टौं समयको सहवास आवश्यकनै पर्दैन ।अमेरिकाको पेन स्टेट यूनिभर्सिटीका अनुसन्धानकर्ताले हालै गरेको एक नयाँ अध्ययनबाट यस कुराको खुलासा भएको हो । उनीहरूले यस अनुसन्धानका क्रममा स्त्री-पुरुषका बीचमा सन्तोषजनक सहवास सामान्यतया ३ देखि १३ मिनेटको हुने गर्दछ ।
अनुसन्धानकर्ता एरिक कोर्टीले भने दुर्भाग्यले आज स्त्री-पुरुष पुरै रात को सहवास जस्तो कल्पनाहरू गरिरहने गर्दछन । पछिल्लो अनुसन्धानले के कुरा पत्ता लागेको छ भने धेरैजसो स्त्री-पुरुष आधा घण्टा वा त्यो भन्दा धेरै समय सम्म सहवास गर्न चाहन्छन ।
यो निराशा र असन्तुष्टि उत्पन्न गर्ने स्थिति हो ।कोर्टीले भने कि यस सर्वेक्षणबाट हाम्रो यस प्रकारका विचारहरू हट्ने विश्वास लिइएको छ । नयाँ सर्वेक्षणले स्त्री पुरुषहरूलाइ स्वीकार्य सहवासको वास्तविक विवरण प्रति प्रोत्साहित गर्नमा मद्दत पुग्दछ । साथसाथै यसले यौन निराशा तथा यौन सुख असन्तुष्टिलाइ रोक्नमा मद्दत पुग्दछ ।
अनुसन्धानकर्ताहरूले आफ्नो सर्वेक्षणमा सेक्स थेरापी र अनुसन्धानका लागी बनाइएका समूहका ५० जना सदस्यहरूसंग कुरा गरेका थिए । यस समूहमा मनोवैज्ञानिकहरू डक्टरहरू, सामाजिक कार्यकर्ताहरू तथा पारिवारिक मामलाका विशेषज्ञहरू सहभागी भएका थिए ।
धेरैजसो विशेषज्ञहरूले बताए अनुसार यौन सम्बन्धको क्रममा सन्तोषजनक सुखको लागी पर्याप्त अवधि ३ देखि १३ मिनेट र वान्छनीय अवधि ७ देखि १३ मिनेट रहेको छ । विशेषज्ञहरूका अनुसार यसका लागी एक देखि दुइ मिनेटको समय निकै ‘कम’ हो साथै १० देखि ३० मिनेटको समय भने निकै ‘लामो’ हो ।
0 comments:
Post a Comment