नेपालमै बसेर पनि अमेरिकाको ग्रीन कार्ड पाउन सकिन्छ ...प्राबधान हरु हेर्नुस



अमेरिकाको अध्यागमन कानुनका अनुसार, तपाईँ अमेरिका भन्दा बाहिर हुनु हुन्छ अर्थात् उदाहरणका लागि, तपाईँ हाल नेपालमा बसिरहेको हुनुहुन्छ र अमेरिकाको ग्रीन कार्ड कसरि बनाउने भनेर सोची रहनु भएको छ भने तपाईँको लागि एउटा तरिका छ: त्यो हो तपाईँ नेपालमा नै बसेर अमेरिका आउनु पूर्व अमेरिका को ग्रीन कार्ड बन्न सक्ने पर्याप्त कानुनी आधारहरु तपाईँ सँग छन् र तपाईँको लागि केही आधारमा नेपालबाट तपाईँ आफैले वा अमेरिकामा रहनु भएका नागरिक वा ग्रीन कार्ड नातेदार वा अमेरिकन रोजगारदाताले तपाईँको लागि आप्रवासी पिटिसन दिएर  यु. यस. सी. आइ. यस. बाट स्वीकृत भएको अवस्था छ र आप्रवासी भिसा पनि तुरुन्त उपलब्ध छ भने तपाईँले अमेरिकाको नेसनल भिसा सेन्टर मार्फत काठमाडौँमा रहेको अमेरिकन कन्सुलेटमा आप्रवासी भिसाका लागि निवेदन दिन सक्नु हुन्छ। तपाईँको आप्रबाशी भिसा अमेरिकन कन्सुलेटबाट अन्त्यमा स्वीकृत भएको खण्डमा तपाईँ अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात् अमेरिकाको ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।


मैले माथि उल्लेख गरे अनुसार, तपाईँ हाल नेपालमा हुदा खेरि पनि अमेरिकाको ग्रीन कार्ड पाउने पर्याप्त आधार हरू भने तपाईँ सँग हुनु पर्छ। उदाहरणका लागि, अमेरिकामा रोजगारी को माध्यम तपाईँको रोजगारदाताले तपाईँको लागि आप्रवासी आइ-१४० निवेदन/पिटिसन  दिएर  यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाईँ असाधारण प्रतिभाको व्यक्ति भएर तपाईँ, तपाईँ आफैले आइ-१४० आप्रवासी निवेदन/पिटिसन  दिएर  यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाईसंग अमेरिकामा लगानी गर्ने योजना छ भने तपाईँ आफैले आप्रवासी आइ-५२६ निवेदन/पिटिसन  दिएर  यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; अर्थात् तपाईँको अमेरिकाको नागरिक नातेदार वा ग्रीन कार्ड नातेदारले आप्रवासी आइ-१३० निवेदन/पिटिसन  दिएर  यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा र अमेरिकाको स्थाई आप्रवासी भिसा तुरुन्त उपलब्ध भएको खण्डमा , दोस्रो चरणमा अमेरिकाको नेसनल भिसा सेन्टरको आप्रबासी भिसा सम्बन्धी सम्पूर्ण कानुनी प्रक्रियाहरू पुरा गरेर चाहिने कागजपत्रहरु, भिसा निवेदन र बुझाउनु पर्ने फी लगायत अन्य प्रक्रिया नेसनल भिसा सेन्टर मार्फत पुरा गरी तपाईँले दिएको स्थाई आप्रवासी भिसा निबेदनलाइ नेपालमा रहेको अमेरिकन कन्सुलेटबाट पनि अन्तिम चरणमा स्वीकृत भएको खण्डमा मात्र नेपालबाट अमेरिका आएर ग्रीन कार्ड होल्डर बन्न सकिन्छ।

तसर्थ, तपाईँको लागि मुख्यतया रोजगारी वा परिवार मा आधारित आप्रवासी निवेदन/पिटिसन अमेरिकाबाट यु. यस. सी. आइ. यस.ले सर्वप्रथम स्वीकृत गरेर आप्रवासी भिसा तत्काल उपलब्ध भएको खण्डमा दोस्रो चरणमा तपाईँले अमेरिकाको नेसनल भिसा सेन्टरको आप्रबासी भिसा सम्बन्धी सम्पूर्ण कानुनी प्रक्रियाहरू पुरा गरी पिटिसन गर्ने वा भिसा निवेदन दिने व्यक्तिले बुझाउनु पर्ने चाहिने मूल वा प्रतिलिपि कागजपत्रहरु, भिसा निवेदन र बुझाउनु पर्ने सरकारी भिसा दस्तुर फि लगायत अन्य प्रक्रिया पुगेको अवस्था छ भने नेपालमा रहेको अमेरिकन कन्सुलर अफिसले भिसा निवेदकको अन्तरबार्ता लगायत अन्तरबार्ता अगाडी वा पछाडि का आवश्यक अन्य अरू प्रक्रियाहरू समाप्त गरी कन्सुलर अफिसले नै निवेदकलाइ भिसा दिने कि नदिने भनेर अन्तिम निर्णय गर्ने गर्दछ। अन्त्यमा, तपाईँको आप्रबाशी भिसा अमेरिकन कन्सुलेटबाट स्वीकृत भएको खण्डमा तपाईँ अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात् अमेरिकाको ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।

(बासु फुलारा नेपाली- नेपाली-अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट-ल हुनुहुन्छ । यो लेखमा व्यक्त विचारहरू पाठकका जानकारीकालागि सुझावहरू मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाँको इमेल: bp@chhetrylaw.com मा सम्पर्क राख्न सक्नु हुनेछ --सम्पादक)।

क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी-एट-ल बासु फुलारा
फेसबुक-प्रोफाइल: http://www.facebook.com/bashu.phulara
इमेल: bp@chhetrylaw.com 
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment