नेपालगन्ज, मंसिर २४ - महिला हिसा विरुद्धको अभियान चलि रहेकै बेला बाँके कोहलपुरकी एक महिलाले लोग्नेबाटै चरम यातना र यौेन शोषणमा परेको बताएकी छिन् । 'म बुढी मानिस सक्दिन भन्दै बिरोध गरे । रोएँ कराएँ । ४५ वर्षीराया तारादेवी देवकोटाले भनिन्, तलाई के गर्न राखेको हो ? नमान्ने भन्दै सुर्वाल तानेर फालामे रड गुप्ताङमा घोच्न थालेपछि चिच्चाउँदै भागेर ज्यान जोगाए ।'
शारिरीक सम्बन्ध राख्न नदिएको भन्दै बारम्बार कुटपीट गर्दै आएको उनले बताइन् । उनी कोहलपुर आरसी टोलमा डेरा गरी बस्दै आएकी थिइन् । सोमबार रातिको घटनापछि घर धनिले पनि डेरा छाडन भनेका छन् । लोग्नेको व्यवहार देखेर भाडामा समेत बस्न दिएनन्' देवकोटाले बताइन् ।
अहिले ती महिला घर न घाटकी भएकी छिन् । कतैबाट सहगोग नपाएपछि उनी रुदै न्यायको खोजीमा भौतारिएकी छिन् । पतिले ज्यानमार्ने धम्की दिएकाले प्रहरीमा उजुरी समेत गर्न डराइ रहेको उनले बताइन् । ज्यान सुरक्षा र न्यायका लागि रुदै हार गुहार गरी रहेकी देवकोटाले भनिन्,' फलामको लौरो घोच्न खोज्ने संग म बस्न सक्दिन । मलाइ न्याय चाहियो ।'
देवकोटाका पति लोकेन्द्र गिरी नेपालगन्जस्थित आन्तरिक राजश्व कार्यालयमा कार्यरत छन् । गिरीले पत्नीले भने जस्तो कुनै यानता नदिएको बताए । 'जग्गा मेरो नाममा गरी देउ भन्दै विवाद भएको हो' गिरीले भने,' म बाट कुनै गल्ती र मारपीट भएको छैन ।'
यौन हिसा पीडित महिलालाई इलाका प्रहरी कार्यालय कोहलपुरले संरक्षण दिएर अनुसन्धान तथा अन्य कारबाही प्रकृया सुरु गरेको छ । पीडित महिलाको उजुरीपछि गिरीलाई नियन्त्रणमा लिएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए ।
महिला तथा बालबालिका कार्यालयकी अधिकृत बिन्दू कुँवारले पीडक र सामाजिक दवावका कारण यौन हिंसाका यस्ता घटना र पीडितहरुका उजुरी नआउने गरको बताइन् । उनले बितेका ४ महिनाका महिला हिंसाका ५० उजुरी दर्ता भएपनि यौन हिसाका कुनै उजुरी नभएको बताइन् ।इकान्तिपुर डटकम
0 comments:
Post a Comment