जेरूसलेममा दुर्घटनापछि उपचारार्थ विष्णुमायाको स्वास्थ्य खतरामुक्त
केहि हप्ता अगाडि इजरायलको जेरूसलेममा कार्यरत नेपाली चेली विष्णुमाया आचार्यको कारले ठक्कर दिए पश्चात जेरूसलेमकै अस्पताल हादसा इनकारेनमा उपचार भैरहेको र अहिले उनको स्वास्थ्य खतरामुक्त भए पनि पूर्ण चेतमा नआइसेकेको र दुखाईबाटै छटपटिईरहेकि प्रत्यक्ष देखियो ।
एनआरएन इजरायलका महासचिव तिर्थ गौतम र सल्लाहकार सुमन कार्की समेत उक्त अस्पतालमा पुगेर प्रत्यक्ष भेटि उनको अवस्था बुझ्ने कार्य भएको थियो ।
विष्णुमायाको उपचारमा खटिरहेकि उक्त अस्पतालको नर्ससँग बुझ्दा, बाहिरी मान्छेलाई हामीले केहि भन्न नमिल्ने बताउँदै अहिले उनको अवस्था खतरामुक्त छ । स्वास्थ्य ठीक छ सम्म भनिन् । यस बाहेक घटनाका बारेमा छानवीन के भैरहेको छ भन्ने बारे केहि थाहा नभएको समेत बताइन ।
पीडामा छटपटाईरहेकि विष्णुमायाको भिडियो यहाँहरू समक्ष राखिएको छः
0 comments:
Post a Comment