कुवेतमा नेपाली राष्ट्रिय झन्डा फहराउदै उल्टो साईकल परिक्रमा (भिडियो सहित)
प्रदिप नेपाली कुवेत,

विश्व शान्तिको कामना गर्दै बिश्व साईकल यात्रामा निस्किएको उल्टो साइकल यात्रीको टोलीले खांडी मुलुक कुवेतमा नेपाली राष्ट्रिय झन्डा फहराउदै उल्टो साईकल परिक्रमा गरेको छ |
उल्टो साइकल यात्रीमा ३ जना रहेका थिए उल्टो साईकलमा मोतीनगर-७, उदयपुरका बिरेश दाहाल, उनका दुई सहयोगी सुल्टो साइकल यात्री पन्चमी-१, पाँचथरका बजेन्द्रकुमार महरा र चुवाडे-१३, उदयपुरका बरुण अधिकारी रहेका छन् ।
कुवेतको स्थानीय समय अनुसार बिहानको ९ बजेबाट नेपाली दुताबासका सम्पुर्ण पदाधिकारी हरु कार्यबाहक राजदुत बिशाल भट्टराई, द्दितीय सचिब अम्बिका जोशी, श्रम सहचारी श्रीजना तिवारी लगायत एनआरएनए कुवेतका प्रतिनिधि सहित कुवेतमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार, स्थानीय कार्यरत व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सकिएको हो |
उल्टो साइकल परिक्रमा लगभग १ घण्टामा सकिएको थियो जुन कुवेतको अति नै ब्यस्थ सडक मालियाको नगिक रहेको सुक अल कबिर पार्क देखि सुरु भई मालियालाई परिक्रमा गरी मालिया सिटी हुदैँ फेरी उही पार्कमा आएर टुंगिएको थियो |

सो कार्यक्रममा बोल्दै उल्टो साईकल यात्री बिरेश दाहालले बिश्वमा दिगो शान्ति, मानव भाईचारा र नेपाली पहिचानका लागि पर्यटन पर्वधन भन्ने मूल नारालाई आत्मासाथ गर्दै नेपाललाई बिश्व सामु चिनाउने उदेश्य लिएर नेपालको रास्ट्रिय झण्डा बोकी शान्तिको कामना गर्दै उल्टो साइकल चलाएर विश्व भ्रमणमा निस्किएको बताउनु भयो |
सोहि समयमा कार्यक्रमको अन्त्यमा एनआरएनए कुवेतका अध्यक्ष् धर्मराज गिरीले यी यात्रीहरु हामी नेपालीको शान, इज्जत, र प्रतिष्ठालाई उचो राख्न निश्किएका उनीहरुको सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो अहिले सम्मको सम्पुर्ण खर्च एनआरएनएले व्यहोरेको बताउदै परदेशी खबर सग भन्नु भयो एउटा साईकल बिग्रिएको छ त्यो एनआरएनए कुवेतले किनिदिने जानकारी भयो | त्यसै गरी प्रबासी मन्चका अध्यक्ष् राजु थापाले पनि भोलि बेलुका सम्म साईकल यात्रीहरुलाई १०१ केडी दिने कुरा उही कार्यक्रममा भन्नु भयो त्यसै गरी महिला प्रतिनिधि तारा पौडेलले पनि मजदुर संघको तर्फबाट ५१ केडी दिने घोषणा गर्नु भयो सम्मान गर्ने क्रममा दलित एकता संजाल कुवेतक अध्यक्ष् आश बहादुर नेपालीले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो | कार्यक्रममा पत्रकारहरु तोयानाथ दाहाल, सुजन केसी, र राजन रिमाल, जय आलेले बोल्नु भएको थियो भने महिला प्रतिनिधि तारा पौडेल लगायतले उनीहरुको यो कार्यलाई सबैले सम्मान सहित सहयोग गर्नु पर्ने रहेको थियो जो जुन अवस्था जसरि सकिन्छ सबैले सहयोग गर्नु पर्ने भाबना राख्दै सगयोगको अपिल गरेका थिए |

उनिहरुको टोली बिभिन्न देशका सहरमा उल्टो साईकलमा परिक्रमा गरी देशको नाम समेत चिनाई सकेका छन जसअनुसार ४८ औं देशमा पर्छ कुवेत र अबको पालो युरोप कन्ट्री रहने छन् उनीहरुको सम्पुर्ण आर्थिक खर्च जो आफुले नै जुटाई जहाँ जान्छन उही रहेका नेपालीको सहयोग र एनआरएनएले गरेको छ नेपाल सरकारले यसमा कुनै किसिमको सहयोग गरेको छैन ५ लाख दिने भनेको त्यहि पनि दिएको छैन कागजमा मात्र सिमित रहेको कुरा जानकारी गराए साईकल यात्रीले | नेपाली पोषाक- ढाका टोपी, दौरा, शुरुवाल, कोट लगाई नेपाली झण्डा लिएर उपस्थित भएका तिन साईकल यात्रीको टोलि बिहान ८.४५ बजे कार्यक्रम स्थल पुगेका थिए |

उनिहरुको टोलीलाई एनआरएनको सहजतामा नेपाली द्ताबास कुबेतसंग समन्वय गरि कुबेतसरकारको अनुमतिमा सडकमा उल्टो साइकल चलाई नेपालको रास्ट्रिय झण्डा फहराई कुवेत सामु चिनाएका छन् गौतम बुद्ध नेपालमा जन्मिएका भएपनि भारतले कुसमाचार प्रशारण गर्दै बुद्ध भारतमा जन्मिएको भन्दै शान्तिको दुतको रुपमा रही प्रसार प्रसारका साथै १ घण्टा सम्म उल्टो साइकल प्रदर्शन गर्ने भएको हो |
उनीहरुको भिसा सहित सम्पुर्ण काम निश्चित नभए सम्म कुवेत रहने छन् भने जाने दिन निश्चित भएपछि बिदाई कार्यक्रम गरिने पनि भएको छ |
0 comments:
Post a Comment