बिताउन पुग्नु भएका हिमालय टाइगरका दुइ छोरा,दुइ छोरी अनि चौथो श्रीमती साथमा हुनुहुन्छ l
१९७६ देखि १९८७ सम्म नेपाल आर्मीमा सेवा गर्दा सैन्य प्रहरी अन्तर्गत इज्रायल र लेबनान मा समेत नेपाली बाहदुरिता प्रदसन गरि अबकास भएर अन्तरास्ट्रिय रेडक्रस सोसाइटी,लेबनान समेत सामाजिक सेवामा बिताउनु भएका हिमालय टाइगर नेपाली इतिहास मा पहिलो नेपाली अन्तरास्ट्रिय कोचर को रुपमा चिनिनु हुन्छ l
अमेरिका को यन.वाई.सी.ब्रोक्लिन जोनी रोज रेस्लिङ्ग स्कुल बाट १९९२ मा अध्यन पश्चात नेपालमा एस खेल बिकास को लागि आज सम्म २३ बर्ष बर्ष बिताएको अनुभब बताउनु हुन्छ l
सम्पूर्ण परिवारले नेपाली सेना बनेर देश को सेवा गर्नु भयो,मैले घर परिवारको अशल सस्कार लाइ पछ्याउदै गए नेपाल मै सेवा गर्ने उदेस्यले विदेश पलाएन हुने,अर्काको देशमा गएर रेस्लिङ्ग खेलको बिकास नहुने हुदा नेपाल मै बसेर दुख संग अघि बढिरहेको बताउनु हुन्छ l
राजनीति मा खिच्चा तानी र नेता हरुको मनमानी ले गर्दा नेपाली खेल जगत,कला,स्रस्टाहरु हराउदै अनि पलाएन हुदा केहि गर्न सक्छु भने बिस्वासले केहि समय आगाडी गएको चुनाबमा काठमाण्डौ क्षेत्र नम्बर १० बाट स्वतन्त्र उम्मेदबारी दिन पुगे,लामो समय विदेशमा ट्रेनिंग दिएका टाइगर अमेरिका,क्यानाडा,मेस्सिको,लेयाटीन अमेरिका,आइस्लांड,जापान,अफ्रीका,हंगकङ् ,थाइलैंड,भारत मा आफ्नो खेल प्रदसन गर्नु का साथै कोचर को रुपमा नेपाल र नेपाली को परिचय गरिसकेका टाइगर हाल नेपाल मा ३४ जना लाइ रेस्लिङ्ग को बारेमा जानकारी दिने सिकाउने गरिरहेको बताउछन l भने नेपाल मा १० जना मात्र रेस्लिङ्ग खेल हुदा रिगमा उत्रिने गरेका छन् l
नेपाली रेस्लर लाइ अन्तरास्ट्रिय रुपमा लागि परेका टाइगर केहि दिन पछिनै कतार जादै छन्,गैर आबासीय नेपालि शंघ,पत्रकार महासंघ,चितवन समाज,नेपाल मुस्लिम समाज,नेपाली दाजु-भाइ र कतार रेस्लिङ्ग समाज संग कुराकानी सफल भए नेपाली रेस्लरहरु आफ्नो खेल बिदेसी मुलुकमा देखाउने बताउनु भयो l बाहिर बाट देखिएको मार-पिट हेर्न जति सहज र सरल छ गहिराही मा पुगेर सोच्दा उतिनै गार्हो नेपाली खेल जगत प्रति नेपाली दाजु-भाइ शंघ,सस्था को सहयोग मिलेमा कतारमा हिमालय टाइगर गर्जिने छन l
भिडियो हेर्न यहा क्लिक गर्नु होला
0 comments:
Post a Comment