नायिका सुष्मा र गाएक सुगम सहित १४ जाना लाइ धम्कि

नरेश दाहाल
काठमाडौं, २ साउन । आयोजक हरिशरण महत र राजकुमार पटेलले विभिन्न विधामा ख्यातीप्राप्त १४ जना कलाकारलाई नेपालका विभिन्न शहरमा १५ दिने साङ्गीतिक कार्यक्रममा प्रस्तुती गरेबापत आर्टिष्ट एग्रिमेन्ट अनुसार पैसा नदिई श्रमशोषण गरेको भन्दै पीडित कलाकारहरूले ठगहरूमाथि कारवाहीको माग गरेका छन् ।

कलाकारहरूले आफूहरूलाई आयोजकले २०७१ जेठ २० देखि असार ०१ सम्म विभिन्न शहरमा १५ दिने वाइड इभेन्ट नेपाल टुर नामक साँगीतिक कार्यक्रममा सहभागी गराएर पारिश्रमिक नदिएको भन्दै आयोजकमाथि कानुनी कारवाहीको माग गरेका हुन् । साउन २ गते शुक्रबार पीडित कलाकर्मीहरूले पत्रकार सम्मेलन गर्दै आफूहरूलाई एग्रिमेन्ट अनुसार रकम दिनुको सट्टा उल्टै धम्की दिएको भन्दै ४८ घण्टाभित्र पारिश्रमिक नदिए बाध्य भएर ठगी गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिए । उनीहरूले पारिश्रमिक बापत पाउनु पर्ने करिव १० लाख रकम नदिई श्रमशोषण गरेको भन्दै ठगी गर्नेद्वयलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कारवाही गर्नुपर्ने माँग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका महासचिव राजेन्द्रकुमार कार्कीले पीडित कलाकारहरूको हक अधिकार लागि आफ्नो संस्थाले जस्तोसुकै भूमिका निर्वाह गरेर भएपनि न्याय दिलाउने विश्वास व्यक्त गर्दै ४८ घण्टाभित्र कलाकारहरूको पारिश्रमिक नदिए कानुनी उपचारमा जाने बताए । त्यस्तै कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष गोकुल राउत, उपाध्यक्ष होम सुवेदी लगायतका कलाकहरूले पीडित कलाकारहरूलाई जुनसुकै हालतमा पनि न्याय दिलाउने विश्वास व्यक्त गरेका छन् । संघका उपाध्यक्ष राउतले कलाकार भएर कलाकारलाई नै ठगी गर्नु महापाप भएको भन्दै पीडित कलाकारहरूले पाउनुपर्ने पारिश्रमिक चाँडो भन्दा चाँडो नदिए ठगहरूलाई कानुनी कठघरामा उभ्याउन आफूहरू बाध्य हुने चेतावनी समेत दिएका छन् । पीडित कलाकार एवम् गायक सुगम पोखरेलले आफूहरू वाइड इभेन्ट नेपाल टुर नामक साँगीतिक कार्यक्रममा देशका विभिन्न १५ वटा शहरमा सहभागी भएको बताउँदै सम्पूर्ण कलाकारलाई आयोजक संस्थाद्वय सान मूभि मेकर्सका प्रापाइटर तथा पुण्टे परेड तथा आई एम सरी का निर्माता हरिशरण महत तथा स्टेज डेकोर्सका संचालक राजकुमार पटेलबीच आफूहरूले पाउनुपर्ने पारिश्रमिकको बारेमा आर्टिष्ट एग्रिमेन्ट भएको बताए ।

उनले भने–एग्रिमेन्ट अनुसार नै थोरै पेस्की रकम लिएर हामी कार्यक्रममा सहभागी भएका थियौं । तर, कार्यक्रम सम्पन्न भएपछि बाँकी पैसा दिनुको सट्टा हामीलाई धम्की दिँदै आएका छन् । पोखरेलले आफूहरूलाई श्रमशोषणका साथै मानसिक तनाव दिएको भन्दै बाध्य भएर कानुनी उपचारको खोजीमा लागेको बताए । १५९ वटा चराको आवाज निकाल्ने अर्का पीडित कलाकार रमेश दुलालले आफूहरूलाई ठग्ने आयोजकलाई कुनै पनि हालतमा नछोड्ने भन्दै पाउनुपर्ने पारिश्रमिक यथाशिघ्र दिनुपर्ने बताए । उनले भने–हामीलाई पारिश्रमिक मात्रै होईन्, हिजोआज हामी कलाकारको फोटो राखेर पुन: नक्कली धन्दा गर्दै रु ५ हजारदेखि २५ हजारसम्मको टिकट बिच्दै हिँड्ने गरेका छन् । अर्का पीडित कलाकार गायक प्रकाश कटवाल केसीले आफूहरूले पाउनुपर्ने पारिश्रमिक आयोजकसँग माँग गर्दा उल्टै आफ्नो पहँुच छ, तिमीहरूको कयिर नै ध्वस्त पारिदिन्छौं भन्ने खालको धम्की दिएको बताए । उनले आफूहरूले पाउनुपर्ने पारिश्रमिक चाँडो भन्दा चाँडो नदिए बाध्य भएर कानुनी उपचारमा जाने चेतावनी दिए । ठगीने कलाकारहरूमा नायिका सुष्मा कार्की, गायकहरू सुगम पोखरेल, शम्भोज मल्ल, रुपक डोटेल, युवराज चौलागाई, प्रकाश कटवाल, कमल खत्री, गायिकाहरू आकांक्षा बस्याल, बुनु राई, सम्झना लामिछाने मगर,मानन्धर, कार्यक्रम सञ्चालक सुर्जनी केसी, कलाकार रमेश दुलाल, क्यामेराम्यान निकेश महर्जन, सवारी धनी नारायणप्रसाद ढुंगाना रहेका छन् ।

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment