अनेक बहानाबाजीमा नेपालबाट अमेरिका मानव तस्करी गराउने लहर नराम्ररी चम्केको छ । पछिल्लो पटक न्युयोर्कको रिजवूड नेपाली सोसाइटीका अध्यक्ष मोहन ज्ञवालीको मानव तस्करी पटाक्षेप भए पछि झन्डै एक महिना थाती रहेको यो धन्दा फेरी आगामी सेप्टेम्बर २० बाट शुचारु गर्न स्यान फ्र्यान्सिसको नेपालीहरुको पुरानो संस्था न्यान्सबाट त्यो निरन्तर हुन लागिरहेको आभाष पाइन्छ ।
नर्दर्न क्यालिफोर्नियाको बे-एरिया र सेरोफेरोमा रहेका नेपालीहरु मात्रै नभएर ससार भरि छरिएर रहेका लाखौ लाख नेपालिहरुका आस्था र बिस्वासका धरोहर, बहुचर्चित, बहुप्रतिष्ठित, बहुसम्मानित हास्य कलाकार मह जोडी र साथमा अन्य प्रसिद्ध हास्य कलाकारहरुको वेजोड प्रस्तुतिको नाउमा न्यान्सले सेप्टेम्बर २० सनीबारका दिन “नेपाल साझ” को अवसर पारेर मह जोडीलाई बे-एरियामा ल्याउन र त्यहाँका नेपालीहरुलाई टाट फर्काउन प्रयास हुँदै रहेको बुझिन आएको छ ।
नर्दर्न क्यालिफोर्नियाबासी नेपालीहरुलाई टाट फर्काउन दलाली गर्ने व्यक्ति हुन रबि लामिछाने । विख्यात कलाकार द्वय मह जोडी र दलाल लामिछानेप्रति हामि आभारी छौ भन्दै न्यान्सका अध्यक्ष उत्तम कार्की लगायत रबीन्द राई, सुजित सिंह र नारायण पोख्रेलको नाउबाट गत अगस्टको पहिलो हप्ता सम्पर्कको लागि आह्वान सहित सुचना प्रकाशित भएको थियो । उनीहरुको सुचनामा भनिएको थियो ”कलाकार कसैको निजि सम्पति हैन र हुन सक्दैन” को सर्बमान्य सिद्धान्त अनुरुप मह जोडीको कार्यक्रम समग्र बे एरिया र सेरोफेरोमा बस्ने सबै नेपालीहरुको कार्यक्रम हुन सकोस भन्ने हाम्रो अभिप्राय भएको हुनाले उक्त कार्यक्रम गर्न लागिएको उल्लेख थियो ।
उनीहरुले आफ्नो सुचनामा यो सम्म भनेका थिए -बे एरियामा नाफा रहित सस्थाको कानुनी दायरा भित्र रहेर समाज सेवा गरिरहेका सक्रिय ईच्छुक संघ सस्थाहरु जो न्यान्ससंग सहकार्य(आर्थिक घाटा नाफामा साझेदारी)गर्न ईच्छुक हुनुहुन्छ, उनीहरुले कार्की, सिंह र पोख्रेललाई अगस्ट ११ तारिक सुक्रबार भित्र सम्पर्क गर्न अनुरोध गरेका थिए ।
न्यान्सका अध्यक्ष कार्कीले भनेका थिए -कार्यक्रमको खर्च कटाएर बाकि रहेको नाफाको निश्चित रकम नेपाली सामुदायिक केन्द्र निर्माण कोषमा र सुनकोसीमा पिडित परिबारको सहयोगार्थ जाने छ । आयोजक तथा सहआयोजक संघसस्थाहरुले कार्यक्रम पूर्वाधार ब्यबस्थापन स्वरुप अग्रिम रकम जम्मा तथा अनिवार्य रुपमा सम्झौता र कबुल गर्नुका साथै अन्य ब्यबस्थापनको कार्यहरु आपसी छलफलबाट तय गरिने उल्लेख गरेका थिए ।
न्यान्स नर्दर्न क्यालिफोर्नियाको नाफारहित सामाजिक संस्था हो, जो इन्टरनल रेभेन्यु सर्भिसेजको नाफारहित ५०१ सी अन्तर्गत स्थापित छ । यो संस्थाले नाफा आर्जन गर्ने काम गर्नु आईआरएस नियमावली बिपरित हो । जे सुकै प्रयोजनका लागि भए पनि यस्ता सामाजिक संस्थाले नाफा आर्जन गर्न कानूनी रुपमा पाउदैन भने नाफा आर्जन गर्ने उद्देस्यले आयोजना गर्न लागेको मह जोडीको प्रस्तुति र लामिछानेको दलाली कुनै हालतमा पनि न्यान्सको मिसन स्टेटमेन्ट र उद्देश्य अनुरुप छैन भन्दै न्यान्सकै सदस्यहरुले सिधाकुरालाई भनेका छन -अध्यक्ष कार्की, मह जोडी, दलाल लामिछाने र न्यान्सका केहि पदाधिकारीहरु ”नेपाल साँझ” को नाउमा मानव तस्करी गराई रातारात धन कमाउने योजनामा रहेका छन ।
न्यान्सले नाफा भए पनि घाटा भए पनि मह जोडीलाई १ शो का लागि १५ हजार डलर भुक्तानी दिने सम्झौता अध्यक्ष कार्की र दलाल लामिछाने बीच सम्पन्न भैसकेको खुलाएका छन । न्यान्सका सदस्यहरु भन्छन -न्यान्सले एक शो का लागि मह जोडीलाई १५ हजार डलर भुक्तानी दिन सक्तैन भने त्यो रकममा रबि लामिछानेको दलाली भाग कति हो? खोजी भैरहेको बताएका छन ।
यसैगरी साउदर्न क्यालिफोर्नियाको लस एन्जलसस्थित श्री पशुपतिनाथ फाउन्डेसन युएएसका अध्यक्ष भक्त थापाको बोर्डले पनि लस एन्जलसमा महको प्रस्तुतिका लागि १० हजार डलर मह जोडीलाई भुक्तानी दिने निर्णय गर्दै दलाल लामिछानेसंग सम्झौता गर्ने निर्णय गरेको फाउन्डेसनबाट खुल्न आएको छ । नाफा कमाए त १० हजार भुक्तानी होला, घाटा कमाए चाहि दाताहरुले मन्दिरका लागि दिएको दान मह जोडी र दलाललाई बुझाउने हो भन्दै फाउन्डेसनका बोर्डका केहिले सिधाकुरालाई बताएका छन । सन २०१५ मा ५ लाख डलर स्थानीय एउटा बैंकमा फाउन्डेसनको सम्पत्तिको भुक्तानी गर्नु पर्ने अबस्थामा मन्दिरलाई सयौं दाताहरुले बोल कबुल गरेको तर अहिलेसम्म नबुझाएको ३ लाख त्रीहत्तर हजार डलर उठाउने तिर नलागी अध्यक्ष थापाको कार्य समिति १० हजार डलर भुक्तानी गरी मह जोडीको कार्यक्रम देखाउने बहानाबाजीमा मानव तस्करीमा सामेल भएको हुन सक्ने बताईएको छ ।
डलर कमाउने सबैभन्दा सजिलो उपाय अब अमेरिकामा अर्को केहि छैन यदि छ भने मानव तस्करी जस्ती सजिलो पेशा केहि छैन । रिजवूड नेपाली सोसाइटीले यहि धन्दा अपनाउन खोज्दा अध्यक्ष ज्ञवालीको उठिबास मात्र भएन कांग्रेसी मन्त्री रामशरण महतलाई मिठो नजराना अर्का बाणिज्य दुत प्रेम राजा महत मार्फत बुझाएर हात लाग्न आँटेको न्युयोर्कको रिजवूडका लागि वाणिज्यदूत समेत स्वाहा भएको कुरा अहिले बजारमा आउन लागेको केहि दिन अघि फेरी अर्का वाणिज्यदूत ऋषि ढकालले कसलाई वाणिज्यदूतबाट चिप्ल्याउन खोजेका हुन त्यो लस एन्जलस र स्यान फ्रान्सिस्कोको मह जोडीको १ दिने शोका नाउमा हुने मानव तस्करी पछि प्रस्ट हुनेछ ।
गिनिज बुक होल्डर दलालीमा लाग्नुको रहस्य
सगरमाथा नेपालको हो र बुद्द नेपालमा जन्मेका हुन भन्ने अभियानका प्रमुख अभियन्ता लस एन्जलस निबासी प्रेम गुरागाईको अनुमतिले जुलाई २०१२ मा चेन्ज ओआरजी मार्फत बिस्वब्यापी पिटिसनको रुपमा संचार जगतमा ल्याइएको कार्यक्रमबाट रबि लामिछानेले गिनिज बुक हात लगाए पछि बाल्टिमोरको सव वे को जागिर खाई सक्नु भएन ।
पिटिसनमा हस्ताक्षर गर्ने क्रममा बिस्वले नेपाल चिन्नेछ भन्ने एउटा नारा लिएर दलाल लामिछाने गुरागाईंको अभियानमा सरिक भएका थिए । यहि नारा अन्तर्गत दलाल लामिछानेले ६० घण्टा १२ मिनेटको सबै भन्दा लामो टेलिभिजन कार्यक्रम संचालन गर्ने अनुमति उनै गुरागाईबाट पाएका थिए । यहि टेलिभिजन कार्यक्रम गिनिज बुक अफ वोर्ल्ड रेकर्ड कायम गर्न सफल भएको थियो । दलाल लामिछाने समाजसेवी गुरागाईद्वारा अनुमति प्राप्त टेलिभिजन कार्यक्रमका एंकर मात्र हुन । पिटिसनका एक मात्र अभियन्ता र कपि राइट होल्डर गुरागाई हुन । तर दलाल लामिछानेले डलर छिटो र सजिलो ढंगले कमाउन पटक पटक गुरागाईंको कपि राइट दुरुपयोग गरेका थिए । कपि राइट होल्डर गुरागाईंसंग अनुमति नलिई दलाल लामिछानेले गरेका हरेक कर्तुतहरु यो पटक सान फ्रान्सिस्कोमा दोहोरिन सक्ने तर्फ न्यान्सका सदस्यहरुले औल्याएका छन ।
बुद्द र सगरमाथा सम्बन्धी अभियानका एकमात्र अभियानकर्ता र कपि राइट होल्डर गुरागाईको अनुमति बिना संयुक्त रास्ट्र संघका महासचिब बान्की मूनलाई उक्त १० लाख हस्ताक्षर गत मे मा बुझाउने र लुम्बिनी भ्रमणको निम्तो दिने कार्यक्रम समेत दलाल लामिछानेले प्रचारमा ल्याएका थिए ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्राप्त गरेपछि दलाल लामिछाने झन्डै ६ महिना भन्दा बढी गुपचुप बसे र अभियानबाट टाढिएका थिए, सिधाकुराले लामिछानेलाई पुन अभियानमा फर्कन इनर्जाइज गरेको थियो । गुरागाईको १० लाख अभियान पुरा नभएकाले नै गिनिजबुकको वेब साइटमा लामिछानेको रेकर्ड नदेखिएको अनुमान थियो । यसको सुइको पाएर लामिछाने पुन अभियानमा लागे तर उनको मेहनत केहि परेको थिएन । दिन रात गुरागाईले बुद्द र सगरमाथा सम्बन्धी प्रचारप्रसार तिब्र बनाए र एक्लो प्रयासबाट १० लाख हस्ताक्षर पुरा गराएका थिए । गुरागाई आफै न्युयोर्कस्थित संयुक्त रास्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधिको कार्यालय मार्फत महासचिब मूनको भेटघाटको समय मिलाउन प्रयासरत रहेका बेला सबै काम आफुले गरे झैं प्रेसमा अपर्झट दौडने काम लामिछानेले गरेका थिए । गुरागाईको अभियानको हिरो बन्ने सोच मात्र हो लामिछानेको तर हिरो बन्ने तौरतरिका अत्यन्त गलत थियो ।
गिनिज बुकको प्रेस्टिजले बाल्टिमोरको सव कागजमा पोको पार्ने काममा बाधा अड्चन पारे पछि अहिले मह जोडीलाई ठाउ हेरी १० र १५ हजारको सम्झौता गराउने र दलाली भाग खाँदै अमेरिका बिभिन्न शहरमा उनीहरुको प्रस्तुति गराउने दलाली अभियान ल्याउन लामिछाने कम्मर कसेर लागेको बताईएको छ । काठमान्डूमा श्रीमती र बाल्टिमोरमा गल्फ्रेंड पाल्नलाई गिनिज बुकले यति धौ धौ हुन्छ भने त्यो गिनिज बुकको के काम?
गिनिज बुक पोटोम्याक नदीमा फ्याकेर सव वे मा सव पोको पार्दा नै मान मनितो छ नी । काममा जति इज्यत दलालीमा पक्कै हुन्न भन्ने कुरा सान फ्रान्सिस्को आउनु अघि नै बुझ्न सिधाकुराको गिनिज बुक अफ वोल्ड रेकर्डधारीलाई आग्रह छ भने उत्तम कार्की र भक्त थापालाई मह जोडीको प्रस्तुति क्यालिफोर्नियाको समाजमा निशुल्क गर्न गराउन पहल गर्ने तर्फ जोड दिन अनुरोध ।
मह जोडीले अकुत सम्पत्ति कमाईसकेका छन । १०-१५ हजार डलरको दैनिक भाउमा अमेरिका धाउनु पर्ने उनीहरुलाई बाध्यता छैन । जति सम्भुजित बास्कोटा जस्ता मानव तस्करहरुलाई छ । बर्सेनि मानव तस्करी धन्दा गरेर दुई चार जना नेपाली अमेरिका वसार्नु पर्ने मह जोडीको स्तर यति तल आईसकेको अहिलेसम्म कसैले अनुमान गर्न सक्दैन ।
क्यालिफोर्निया निबासी दिबंगत तारा निरौलाका दुई नावालक सन्तानको लागि २ डलर दान दिन कन्जुस्याई गर्ने न्यास, फाउन्डेसन, एकता समाज, फ्रेन्ड्स अफ नेपाल जस्ता नाफारहित सामाजिक संस्थाहरु मह जोडी र दलालको प्रस्तुति बापत १०-१५ हजार डलर भुक्तानी गर्न सक्ने आधार चाहि के हो? एक पटक न्यान्सका अध्यक्ष कार्की र फाउन्डेसनका अध्यक्ष थापाले प्रस्ट पार्छन की?
- See more at: http://www.sidhakurausa.com/?p=1193#sthash.MyKny0ef.dpufयसमा तपाईको मत....http://www.sidhakurausa.com/?p=1193#sthash.MyKny0ef.dpuf
altension hamro site is not resposible for this ...copy and paste
0 comments:
Post a Comment