नेपालमा इबोला आउँदा कसरी बच्ने

  1. नेपालमा इबोला आउँदा कसरी बच्ने यस् बिषयमा हामी सबले जान्न जरुरत छ किनकी बेलैमा सचेत भयमा यस् रोग बाट बाचन सकिन्छ ।
    ............................................................,.........................................................................................
    दिपक चालिसे
    ..............
    यो रोग कसरी सर्छ ?

    पशुको रगत, अन्त:श्राव, अंगप्रत्यंग र अन्य शारीरिक श्रावसँगको प्रत्यक्ष सम्पर्कबाट इब...ोला भाइरस मानिसमा सर्न सक्छ । चिम्पान्जी, गोरिल्ला, फलफूल खाने चमेरा, बाँदर, दुम्सीजस्ता जंगली जनावरसँग लसपस हुँदा यो रोग सरेका उदाहरण अफ्रिकामा प्रशस्त पाइएको छ । । त्यसो हुनाले जंगली जनावरको उपचार र हेरचाह गर्ने व्यक्तिले पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ । त्यसै गरी रगत, अन्त:श्राव, अंगप्रत्यंग र शरीरबाट निस्कने पसिनासमेतबाट पनि मानिसबाट मानिसमा रोगको भाइरस सर्न सक्छ । रोग लागेर निको भइसकेका मानिसको वीर्यको माध्यमबाट पनि यो रोगका भाइरस सर्न सक्छन् ।

    हाम्रोजस्तो पर्यटकको चाप हुने देशमा रोग फैलिएका मुलुकबाट आउने पर्यटकलाई विशेष निगरानी राख्नुपर्ने हुन्छ किनभने यो रोगको ओथारो अवधि २ देखि २१ दिनसम्म छ । रोगको इबोला भाइरस शरीरमा छिर्नासाथ प्लेनमा चढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने मानिसमा रोगको कुनै लक्षण देखा नपर्न पनि सक्छ । तर, माथि उल्लिखित अवधिभित्र रोग सर्न सक्ने सम्भावना रहन्छ । यसैकारण विश्व स्वास्थ्य संगठनलगायत जनस्वास्थ्यसँग सरोकार राख्ने निकाय बढी चिन्तित भएका हुन् । इबोला भाइरस त एउटा उदाहरण मात्रै हो । यस किसिमका धेरै जुनोटिक रोग नेपाल भित्रिन सक्छन् । अन्तर्राष्ट्रिय निकायले सचेत गराएपछि मात्र तरखर सुरु गर्नुभन्दा अग्रिम रूपमा यस किसिमका रोगविरुद्ध पूर्वतयारी गर्नुपर्ने भइसकेको छ ।

    विशेष गरी चिकित्सक, स्वास्थ्य प्राविधिक, पशु चिकित्सक, पशु सेवा र स्वास्थ्य प्राविधिकहरू जसले निरन्तर रूपमा यस रोगबाट ग्रसित मानिस तथा पशुको उपचारमा संलग्न हुनुपर्ने हुन्छ, उनीहरूले आफ्नो सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । अफ्रिकी मुलुकमा विशेष गरी बंगुर, सँुगुर, बँदेलको उपचारमा संलग्न पशु चिकित्सकमा यस किसिमको भाइरस देखापरेको थियो । हालसम्म नेपालका यी जनवारमा यस रोगको भाइरस देखापरेको त छैन तर यसको सर्भिलेन्स गरिनु जरुरी भएको छ ।

    इबोलाका लक्षण

    एक्कासि ज्वरो आउनु, कमजोरी महसुस हुनु, मांसपेसी दुख्नु, आँखा पाक्नु, टाउको भारी हुनु, घाँटी खसखस गर्नु, छेरौटी लाग्नु, छाती र पेट दुख्नु आदि इबोलाका लक्षण हुन् । त्यसै गरी, मिर्गौला र कलेजोको कार्यक्षमतामा ह्रास आउने र कहिलेकाहीँ शरीरको भित्र रक्तश्राव हुनुका साथै बाहिरी अंगहरू (छाती, ढाड, पेट) मा समेत रक्तश्राव देखापर्न सक्छन् । प्रयोगशालाको नतिजा नआउन्जेलसम्म कहिलेकाहीँ यस रोगलाई मलेरिया, टाइफाइड फिभर, सिजेलोसिस, कलेरा, लेप्टोसस्पारोसिस, प्लेग, रिकेटसियोसिस, मेनिनजाइटिस, हेपाटाइटिस र अन्य भाइरल फिभरबाट छुट्याउन गाह्रो हुन सक्छ । रोग लागेर बचेका मानिसको शरीरमा यो रोगको भाइरस धेरै दिनसम्म रहिरहन सक्छ । रोगविरुद्ध कुनै भ्याक्सिन, प्रभावकारी उपचारको उपलब्धता र भाइरसको ओथारो अवधि लामो भएकाले पनि हाम्रोजस्तो पर्यटकहरूको उच्च चाप भएको मुलुकमा उच्च सतर्कता अपनाउनुपरेको हो ।

    रोग निदान कार्यका लागि एलाइजा, आरटिपिसिआर, एन्टिजेन डिटेक्सन, सिरम न्युट्रिलाइजेसन, इलेक्ट्रन माइक्रोस्कोपी र भाइरस आइसोलेसनजस्ता प्रविधिहरूको प्रयोग विश्वव्यापी रूपमा हुँदै आएको छ । अधिकांश प्रविधि नेपालमा पनि उपलब्ध छन् । तर, इबोला भाइरस डिटेक्सनका लागि कतिको प्रयोग हुन्छन् भन्नेचाहिँ प्रयोगशाला विज्ञले मात्र बताउन सक्छन् ।

    रोकथामका उपाय

    यस रोगको नियन्त्रण सम्बन्धमा अपनाउनुपर्ने विषयमा सबैले केही न केही जानकारी राख्नु अत्यावश्यक भइसकेको छ :

    बंगुर, सुँगुर, बाँदरको खोर वा बासस्थानको नियमित सरसफाइ गर्ने, सकभर संक्रमणका रोक्नका लागि सोडियम हाइपोक्लोराइडजस्ता रासायनिक पदार्थ प्रयोग गर्ने, गराउने ।

    शंकास्पद घरपालुवा वा जंगली जनावरको ओसारपसार भएमा, पशु क्वारेन्टाइन कार्यालय र चेकपोस्टहरूमा उच्च सतर्कता अपनाउने ।

    रोगको शतप्रतिशत शंका लागेमा र परीक्षणबाट पुष्टि भएमा त्यसप्रकारका जनावरलाई ‘युथेनेसिया’ गरी तह लगाउने जसले गर्दा मानिस तथा अन्य जनावर बच्न सकून् ।

    रोग फैलिएको अवस्थामा शंकास्पद जनावरको ओसारपसारमा रोकसमेत लगाउनेसम्मको व्यवस्था अवलम्बन गर्ने ।

    रोगलाई चाँडै पत्ता लगाउन र रोकथाम गर्न पशु तथा मानिसमा रोगको भाइरसको सर्भिलेन्स गरिनु जरुरी छ ।

    प्रभावकारी उपचार र यो रोगविरुद्धको भ्याक्सिनको अभावमा मानिसमा रोगको जोखिम कम गर्न इबोला भाइरसबाट बच्न अपनाउनुपर्ने सतर्कता सम्बन्धमा जनचेतना जगाउने ।

    शंकास्पद जंगली जनावर वा रोग लागेर मरेको वा कालगतिले मरेको पशुको मासु बेचबिखन नगर्ने, त्यस्तो मासु नखाने ।

    मासु तथा मासुजन्य पदार्थहरूलाई राम्रो गरी पकाएर मात्र सेवन गर्ने । काँचो मासु नखाने ।

    रगत, मासु, गिदी, दूध राम्रोसँग पकाएर मात्रै खाने ।

    पशु फार्महरूमा जैविक सुरक्षाका उपायहरू अवलम्बन गर्ने, गराउने ।

    सफा ग्लोभ, प्रोटेक्टिभ मास्क, इन्जेक्सन आदिको प्रयोग गर्नाले पनि यस रोगबाट ग्रसित रोगीको सम्पर्कबाट स्वास्थ्यकर्मीहरूले सुरक्षा महसुस गर्न सक्दछन् ।

    प्रयोगशालामा कार्यरत जनशक्ति पनि उत्तिकै जोखिममा पर्ने सम्भावना हुनाले विशेष सुरक्षाका उपाय अवलम्बन गरिनुपर्छ । इबोला भाइरस जाँचका लागि नमुना परीक्षण गर्दा तालिमप्राप्त प्राविधिकको सहभागितामा विशेष सुविधासम्पन्न प्रयोगशालामा मात्र गर्नुपर्छ ।

    इबोला भाइरसको संक्रमण देखिएका मुलुकबाट नेपाल आएका पर्यटकको विशेष निगरानी राखिनुपर्दछ ।
  2. For video..
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment