फ्रान्स
पेरिस– पेरिसमा साउदी राजकुमारको मोटर समूहमाथि सशस्त्र लुटेराले आक्रमण गरी २ लाख ५० हजार युरोसहित महत्त्वपूर्ण कागजात लुटेको फ्रान्सेली प्रहरीले सोमबार जनाएको छ।
पेरिसको उत्तरी भेगमा आइतबार राती साउदी राजकुमार लुटीएका हुन्। लुटपाटका बेला साउदी राजकुमारको कारकेड साँज एलिजेस्थित सुविधासम्पन्न होटलबाट विमानस्थल ल बुर्गेटतर्फ गइरहेको जानकारी प्रहरीले दिएको छ। लुटपाटमा कोही पनि घाइते नभएको बताइएको छ।
दुई बिएमडब्लु गाडीमा आएका लुटेरा पाँचदेखि आठ जना रहेको बताइएको छ। उनीहरुले १० गाडीको कारकेडको पहिलो गाडी अपहरण गरी लुटपाट पछि छोडिदिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी र ल पारिजियाँ दैनिकले लुटेरासँग क्लास्निकोभ राइफल भएको उल्लेख गरेको छ। सरकारी अधिकारीले पछि लुटेरासँग हाते बन्दुक भएको बताए। साउदी राजकुमारको मर्सिडिज र लुटेराको बिएमडब्लु पेरिसको उत्तरपूर्वी भागस्थित सेन्ट मेसमेस गाउँमा जलिरहेका फेला पारेका थिए।
प्रहरीले पाँच सय युरोका दुई नोट, अरबी भाषाका कागजात र औषधि जलेका गाडी नजिकै फेला पारेका थिए। ल पारिजियाँले लुटेराले महत्त्वपूर्ण कागजात लुटेर लगेको उल्लेख गरेको छ।
अनुसन्धानरत प्रहरीका अनुसार लुटेराले कूटनीतिक कागजात लुटेका छन्। हालसम्म ती कागजातको प्रकृतिबारे विस्तृत विवरण थाहा हुनसकेको छैन। यसबारे पेरिसस्थित साउदी दूतावासले केही पनि जानकारी दिएको छैन।
फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ता रोमेन नादालले लुटपाटबारे अनुसन्धान भइरहेको जानकारी दिए। लुटपाट असामान्य भएको, लुटेरालाई राजकुमारबारे पूर्ण जानकारी भएको र पेरिसको मुटुमै यस्तो लुटपाट हुनु निकै कठिन एक प्रहरी अधिकारीले बताए।
हालसम्म लुटपाटमा संलग्न कोही पनि पक्राउ परेका छैनन्। फ्रान्सको राष्ट्रिय प्रहरी युनियन प्रमुख निकोलस कोम्टले लुटेराले पैसा वा कागजात के लुट्न खोजेको भन्ने थाहा पाउनुपर्ने बताए। उनले घटनाबारे साउदी अधिकारीबाट पूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताए l
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment