अनिस खालिङ राईलाई बचाउन ब्लडमनी बुझाइयो Featured
- Written by niraj
- Be the first to comment!
अर्जुन दाहाल । दुबई, २१ अगस्त २०१४ – अनिस खालिङ राई बचाउँ अभियान समितिले अबुधाबी अदालतले मागे बमोजिम ब्लडमनी बुझाएको छ ।
अनिस खालिङ राई बचाउँ अभियान समितिले १५ तारेख शुक्रबारकादिन रिपोर्टर्स क्लब काठमाण्डौंमा पत्रकार सम्मेलन गरेको र संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी अदालतले माग गरेको ब्लडमनीबापत यूएई दिरहमस ३ लाख ५ हजार अर्थात नेपाली रूपैयाँ ८० लाख ५९ हजार ९५० नेपाल परराष्ट्र मन्त्रालयको सिफारिसमा बैदेशिक प्रबद्र्धन बोर्डको सिंहदरबार भित्र रहेको बैंक खातामा बुझाएको समितिका संयोजक नारदकुमार राईले दनेपाली भ्वाइससँगको टेलिफोन बार्तामा बताएका छन् ।

बचाउँ अभियान समितिका संयोजक राईका अनुसार अनिस खालिङ राईको बचाउँका निम्ती विश्व भरबाट गरी करिब नेपाली रुपैंयाँ ३ करोड २० लाख जम्मा भएको छ । उनले टेलिफोन बार्तामा ब्लडमनी दिएर बाँकी रहेको रकम अनिस खालिङ राई जेलबाट छुटेर आएपछि उनैको नाममा ट्रस्ट स्थापना गरेर बैदेशिक रोजगारमा गएर अनिस राई जस्तै अन्यपीडित नेपालीको उद्दार गर्नकालागि प्रयोग गरिने बताए ।
संखुवासभा मत्स्यपोखरीका राई बिक्रम सम्बत २०६८ मा यूएई पुगेका थिए । पाकिस्तानी नागरिकको हत्याको आरोपमा श्रीराईलाई मृत्यु दण्ड दिइएको खबर सुनेपछि उनको बचाउँमा बि.स. २०७० पौष २५ गतेका दिन अनिस खालिङ राई बचाउ अभियान समितिको गठन भएको थियो ।
Video yaha hernus
0 comments:
Post a Comment