भाद्र ४, काठमाडौँ
मलेसियालाई ३२ रनले पराजित गर्दै नेपाल पहिलो पटक एसीसी U-16 प्रिमियर लिग क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले यसअघि सन् २०१० र २०१२ को एसीसी U-16 इलाइट कपको उपविजेतामा चित्त बुझाएको थियो । यो जीतसँगै टेस्ट राष्ट्र सहभागी नभएको एसीसीद्वारा आयोजीत सबै उमेर समूहको प्रतियोगिता जित्ने नेपाल एक मात्र टोली बनेको छ । टस हारेर व्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया ३६ ओभर २ बलमा १ सय २९ रन बनाउँदै अलआउट भयो ।
यसअघि शुरुवाती इनिङ कमजोर देखिएपनि मध्यक्रमका व्याट्सम्यानले नेपाललाई सम्मानजनक योगफल दिलाएका हुन् । नेपालले पछिल्लो २० ओभरमा १ सय ५ रन जोडेको थियो । ३० ओभरमा ६ विकेट गुमाएर ९३ रन मात्र रहेको स्थितिलाई पवन शर्राफले उकासे । शर्राफले ४४ तथा रवि चन्दले ३४ रनको योगदान दिए । शर्राफ म्यान अफ द म्याच घोषित भए । नेपालका जितेन्द्र सिंह ठकुरी बलर अफ द टुर्नामेन्ट र अनिल खरेल मस्ट प्रमिसिङ्ग प्लेयर भए । मलेसियाका विरनद्विप सिंह व्याट्स्म्यान अफ द टुर्नामेन्ट भए ।

0 comments:
Post a Comment