नेपालमा पनि इस्लामिक आतंकवादी प्रभाव पर्न सक्ने
२०७१ असोज २ गते
२ असोज, काठमाडौं । नेपाल प्रहरीले इस्लामिक मुलुकहरुमा आतंकवादी गतिविधि सक्रिय रहेको भन्दै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने ठहर गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी प्रहरी उच्च अधिकारीहरुले सम्भावित सुरक्षा खतरा औल्याउने क्रममा सो ठहर गरेका हुन् ।
प््रहरी प्रधान कार्यालयका एक प्रहरी अतिरिक्त महानिरीक्षक -एआईजी) का अनुसार खाडी मुलुकमा भइरहेको आतंककारी गतिविधिलाई गम्भीर ढंगले विश्लेषण गरिएको राजधानी दैनिकमा खबर छ । ती एआईजीका अनुसार गोष्ठीले खाडी मुलुकमा देखिएको आतंककारी गतिविधि र त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने र सार्क शिखर सम्मेलनसमेत प्रभावित हुन सक्ने भएकाले अहिलेदेखि नै प्रहरीले कार्ययोजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने निष्कर्ष निकालेको छ ।
‘सम्भावित सुरक्षा चुनौतीको क्रममा इस्लामिक मुलुकहरुमा देखिएको आतंकवादी गतिविधिबाट नेपालमा पनि थ्रेट हुनसक्छ भन्ने निष्कर्ष निकालिएको छ,’ ती एआईजीले भने । नेपाल प्रहरीले दुई दिनसम्म क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख र काठमाडौंमा रहेका वरिष्ठ अधिकृतहरुको बैठक बोलाएको हो । सो बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलन नजिकँदै गर्दा सुरक्षाका लागि उच्च सतकर्ता अपनाउने विषयमा पनि छलफल भएको थियो ।
0 comments:
Post a Comment