रेखा थापा चर्को प्रेमको चपेटामा कारण थियो हिम्मतवाली... पुरा समाचार पढ्नुहोस।

images-110
अभिनेत्री रेखा थापा असामान्य प्रेममा परेकी छिन् । हिम्मतवालीका अभिनेतासमेत रहेका अपांग सुदर्शन गौतमसित गहिरो प्रेम फेसबुक वालमा पोखिएको छ । छवि ओझासित सम्बन्ध तोडेपछि रेखा एक्लै छिन् भने विवाहित सुदर्शनका श्रीमती र परिवार क्यानडामा बस्छन् । चर्चामा रहन विगतमा पनि रेखाले थुप्रै प्रोपोगान्डा रच्दै आएकी छिन् । यो उनको प्रेम हो कि प्रोपोगन्डा भन्ने खुलेको छैन । ‘आइ मिस यू बाबा’ शनिबार अपराह्न १स्०९ बजे हेलिकोप्टरको पृष्ठभूमिमा खिचिएको आफ्नो तस्बिर फेसबुक वालमा पोस्ट गर्दै अभिनेत्री रेखाले लेखिन्– आइ मिस यू बाबा । त्यही स्टाटसमा कमेन्ट गर्दै सुदर्शन गौतमले प्रेम छरपस्ट पारे । उनीहरूले बारम्बार ‘आइ लभ यू’ र ‘आइ मिस यू’ लेखे । सुदर्शनले वालमै रेखालाई चुम्मासमेत दिएका छन् । रेखाले सुदर्शनलाई बाबा र सुद्धू भनेर सम्बोधन गरेकी छिन् भने सुदर्शनले रेखालाई कान्छू भनेका छन् । ‘सुपर डुपर लाइक्स।। म ती घन्टाहरू कति धेरै मिस गर्नेछु । ती केही घन्टामा मैले सम्पूर्ण जीवन बाँचेको थिएँ,’ रेखाको स्टाटसमा सुदर्शनको पहिलो कमेन्ट यस्तो थियो । त्यसको जबाफमा रेखाले लेखिन् ‘सुद्धू आई मिस यू लट †’ त्यसपछि सुदर्शनले लेखेका छन्, ‘तिमीविना एक मिनेट बिताउन पनि एकदमै गाह्रो छ । तिमीलाई टाढा पठाएकामा साँच्चिकै दुस्खी छु ।’ अन्तिममा सुदर्शनले ‘म्वाँ’ दिएका छन् । स्रोत भन्छ, ‘उनीहरूले सल्लाह गरेरै यो फेसबुक प्रकरण रचेका हुन् । रेखाको आग्रहबमोजिम नै सुदर्शनले प्रेममय कमेन्ट लेखिदिएका हुन् ।’ रेखाले निर्माण गरेको हिम्मतवालीमा सुदर्शनको समेत लगानी रहेको बताइन्छ । केहीअघि सुदर्शन र रेखाको सल्लाहमा हिम्मतवालीबाट निर्देशक श्याम भट्टराईलाई आउट गरिएको थियो । त्यसपछि निर्देशनको जिम्मेवारी पनि रेखा स्वयंले सम्हालेकी थिइन् । नयाँ पत्रिकासित कुरा गर्दै रेखाले अपांग भएकाले सुदर्शनलाई माया गरेको बताइन् । ‘म उनलाई रियल्ली माया गर्छु,’ नयाँ पत्रिकासँग उनले भनिन्, ‘हाम्रो समाजमा अपांगता भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने चलन छ । म यसलाई चिर्न चाहन्छु । त्यही भएर उनलाई प्रेम गरेकी हुँ ।’ सुदर्शनलाई प्रेम गरे पनि बिहेको सम्भावना भने कम रहेको रेखाको भनाइ छ । यस विषयमा सुदर्शनसित कुरा गर्न खोज्दा उनले मोबाइल उठाएनन् भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment