काठमाडौं,असोज ९ – मोटो रकम लिएर नेपालीलाई अबैध रुपमा अमेरिका पुर्याउने मानब तस्कर गिरोहले आफ्नो रुट परिवर्तन गरेको पाइएको छ । अन्तर्राष्ट्रिय सञ्जालका रुपमा फैलिएको उक्त गिरोहले यसअघि काठमाडौंबाट कतार र ल्याटिन अमेरिका राष्ट्र हुँदै अमेरिका छिराउने गरेको थियो । अहिले भने भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र पनि घुमाउन थालेको छ ।
पुरानो रुट धेरै प्रचलनमा आएर बीच बाटोबाटै पक्राउ पर्ने र ‘डिपोर्ट’ हुनेको संख्या बढेपछि गिरोहले नयाँ बाटो प्रयोग गर्न थालेको हो । अबैध रुपमा अमेरिका जाँदा प्रक्राउ परी डिपोर्ट गरिएका नेपालीका अनुसार नयाँ रुटमा काठमाडौंबाट कतार लगिँदैन । संयुक्त अरब इमिरेट्स (युएई)को दुवईलाई नयाँ ट्रान्जिन्ट बनाइएको छ ।
त्यहाँ पनि सोझै नलगेर भारतसहित चार देश घुमाइन्छ । नयाँ रुटअनुसार सबभन्दा पहिला काठमाडौंबाट भारतको नयाँदिल्ली लगिन्छ । त्यहाँबाट थाइल्यान्डको बैंकक,कम्बोडिया र भियतनाम हुँदै दुवई पुर्याइन्छ ।
त्यसपछिदुबईबाटब्राजिल,बोलिभिया,पेरु,इक्वेडर,कोलम्बिया,पानामा,कोस्टारिका,निकारागुवा,होन्डुरस,ग्वाटेमाला,मेक्सिको हुँदै अमेरिका छिराउने गरिन्छ । कतारले कडाइ गरेपछि तस्करहरुले नेपालीका निम्ती नयाँ रुट खोजेका हुन्,आजको नागरिक दैनिकमा खबर छ ।
0 comments:
Post a Comment