ठूला बडा,मोटा मान्छेलाई नै किन हुन्छ त हृदयघात heart attack ?कसरि जोगिने

काठमाडौं, असोज ५ – पूर्व राजा ज्ञानेन्द्र शाहलाई शनिबार राती एक्कासी सञ्चो भएन । अनुहारमा चिटचिट पसिना आयो । छटपटी भयो । परिवार र सहयोगीले हत्तपत्त गाडीमा राखेर नर्भिक अस्पताल पुर्‍याए ।
डाक्टरहरुले जाँच गरेपछि थाहा भयो, उहाँलाई हृदयघात भएको रहेछ । अहिले उहाँको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुका अनुसार पूर्व राजा शाहको स्वास्थ्य अवस्था खतरामुक्त छ ।
केही दिनअघि मात्रै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको हृदयघातसँगै मस्तिष्कघात भएपछि उपचारको क्रममा निधन भएको थियो । थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाहलाई पनि केही वर्षअघि हृदयघात भएको थियो । उहाँ अहिले ठीक हुनुहुन्छ ।
प्रायः ठूला र चर्चित मान्छेलाई यसैगरी हृदयघात भएको खबर बेलाबेला आइरहन्छ । त्यसो त यस्ता मान्छे बिरामी हुँदा त्यसले चर्चा पाउँछ र सबैलाई थाहा हुन्छ । सामान्य मान्छेलाई ठूलै रोग लाग्दा पनि आफन्त र छरछिमेकी बाहेक अरुले थाहा पाउँदैनन् । तर विशेषज्ञहरुका अनुसार हृदयघात सामान्य मान्छेलाई भन्दा ठूला र चर्चित मान्छेलाई नै धेरै हुन्छ ।
विश्वका धेरै नेता, शासक, उद्योगी, व्यवसायी लगायत उच्च पदस्थ व्यक्तिहरुलाई हृदयघातको समस्या धेरै हुने गरेको उनीहरु बताउँछन् । तनाव धेरै लिने, हिँड्नुको सट्टा सवारी साधन मात्र चढ्ने, व्यायाम नगर्ने, धूमपान मद्यपान लगायत खानपान र जीवनशैलीले हृदयघात निम्त्याउँछ ।
अहिले पूर्व राजा ज्ञानेन्द्र शाहको उपचारमा संलग्न नर्भिक अस्पतालका डा. भारत रावतका अनुसार मुटुको मांशपेशीलाई रगत आपूर्ति गर्ने धमनी अकस्मात् बन्द भएर हृदयघात हुन्छ । बन्द भएको धमनी औषधिको प्रयोग गरेर वा बेलुन एन्जियोप्लास्टी र स्टेन्ट प्रत्यारोपण गरेर खोल्नु सबैभन्दा राम्रो उपचार हो ।
‘सही उपचार भनेको राम्रो स्वास्थ्यलाभतर्फ उन्मुख हुनु हो । त्यसैले यसलाई जारी राख्न बिरामीले आफूलाई नचाहिँदो तनाव र दबाबबाट मुक्त राख्नुपर्छ । विशेषज्ञको सल्लाहमा स्वस्थकर खाना खाने र शारिरीक व्यायाम गर्ने किसिमकको दिनचर्या बनाउने बानी बसाल्नुपर्छ’ डा. रावतको पुस्तक स्वस्थ जीवनशैली मुटुमा उल्लेख छ ।
विशेषज्ञहरुका अनुसार ठूला मान्छेहरु प्रायः जथाभावी खानपान गर्छन्, मोजमस्तीमा रमाउँछन्, व्यायाम गर्दैनन्, तनाव लिन्छन् । त्यसैले उनीहरुलाई हृदयघातको सम्भावना बढी हुन्छ ।
व्यायामको कमी र बढी चिल्लो, पिरो एवं मसलेदार खाना खानेलाई हृदयघातको सम्भावना बढी हुन्छ । आधुनिक जीवनशैली र जथाभावी खानपीनले प्रेसर, सुगर र कोलस्ट्रोल बढाउँछ र यसकै कारण हृदयघात हुन्छ । यस्तै निद्रा लाग्ने औषधिको धेरै सेवन गरेमा, मादक पदार्थ धेरै लिएमा र विषालु ग्यासको नजिक भएमा पनि हृदयघात हुन सक्ने विशेषज्ञ बताउँछन् ।
हृदयघातबाट कसरी बच्ने ?

नेपालमा हृदयघातको समस्या बढ्दै गएकाले सतर्क रहन विशेषज्ञले अनुरोध गरेका छन् । जीवनशैली र खानपानमा सुधार गर्ने हो भने हृदयघातबाट बच्न सकिन्छ । डाक्टरहरुको सल्लाह यस्तो छ :
� चुरोट, सूर्ती सेवा नगर्ने या त्याग्ने ।
� नियमित शारिरीक व्यायाम गर्ने ।
� सागसब्जी र फलफूल बढी सेवन गर्ने ।
� मासु, चिल्लो, बोसोयुक्त खानेकुरा र जंकफुड कम गर्ने ।
� मानसिक तनाव कम गर्ने ।
� तौल ठीक राख्ने, भुँडी बढ्न नदिने ।
� नियमित रुपमा चिकित्सकसँग सम्पर्कमा रहेर परीक्ष
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment