प्रेम बानियाको स्पस्टीकरण
प्रिय साथीहरु, यतिवेला मविरुद्ध जस्तो प्रकारले दुश्प्रचारको खेल चलिरहेको छ यसबाट म अत्यन्त दुःखी र मर्माहत छु । दुश्प्रचारमा उल्लेख भए अनुसार न म कुनै होटलको उद्घाटन कार्यक्रमका लागि गएको थिएँ, न कुनै पुलिस अफिसरको फुली खोस्ने दम्भ र दुस्साहस नै मसँग छ । अनि फुली खोस्दा पनि चुपोलागेर बस्ने एसपी नेपालमा को होला ? म त केवल ह्याविट्याट फर ह्युम्यानिटी नपालको सद्भावना दूत भएकाले चितवनका सुकुम्वासीहरुका लागि घर निर्माण अभियानमा गएको थिएँ, सहभागी भएँ र फर्किएँ । मलाइ अचम्म लागेको छ यो कस्तो नियोजित दुश्प्रचार गरिंदैछ र मान्छेलाई लखेट्न खोजिंदैछ । चुनौतिका साथ भन्न चाहन्छु, दुश्प्रचारमा उल्लेख भएको कुनै पनि तथ्य प्रमाणित गर्ने मान्छे मेरो अगाडि आओस् । यो कस्तो अतिरञ्जित लखेट्याइ होला ????????????
0 comments:
Post a Comment