सामूहिक बलात्कारमा परेकी युवतीको कानुनमन्त्रीलाई दर्दनाक चिठी

माननिय कानुनमन्त्री
नरहरी आर्चाय ज्यू
नमस्कार
म एउटा गरिव परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाइको नाममा पत्र लेख्ख्न हुन्न हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु ।
मेरो नाम पूजा बोहरा हो । घर सुदुरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाबिसमा पर्छ । मेरो बुबाको यथेष्ट जग्गा जमिन छैन । त्यसैले उहाँले धनीको घरमा हली बसेर ७ जना सन्तानको लालनपालन गर्नुभएको हो । मेरो बुबा गरिव र अशिक्षित भएपनि सायद शिक्षाको महत्व बुझेकैले होला, मलाई गाउँकै कैलाश प्राबिमा भर्ना गरिदिनुभयो ।
मेरो भाग्य भन्नुपर्यो जुन दिन विद्यालय टेक्ने अबसर पाए, कुनै परीक्षामा दोस्रो हुनु परेन । २०६८ साल चैत्र ७ गतेदेखि एसएलसी परीक्षा सुरु हुने खबर आयो । सिद्धेश्वर उच्च माविका विद्यार्थीका लागि बैतडी पाटनबजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा केन्द्र तोकियो ।
धन्न बुवाले बजारमा नै बस्ने ब्यवस्था मिलाइदिनुभयो । पुस्तक पसलमा गणितको गेसपेपर किन्न म बाहिर निस्किए । बाहिर गर्मी थियो । एउटा मात्र पसल भएका कारण म पालो पर्खेर बसिरहेको थिए । मैले पानी दिनुस न दाइ कस्तो प्यास लाग्यो भो ।
उ एकछिन है भन्दै पुस्तक पसलबाट भित्र अर्को कोठातिर गयो । अनि रित्तै आइ पानी सकिएको रहेछ, मैलन लिन पठाएको छु भन्यो । मैले ठिकै छ घरमै गएर पिउँछु मलाई किताव दिनुस गइहाल्छु भने । त्यत्तिकैमा अर्को मान्छे हातमा सोडापानीको गिलास बोकेर आयो । उनीहरुले मलाई दिए ।
दुईवटा गिलास आफूहरुले पिए । त्यो पिएको चार पाँच मिनेटपछि मलाइ चक्कर लाग्दा जस्तो भयो । वाकवाक लागेजस्तो भयो । मैले त्यही पुस्तक पसलेलाई ट्वाइलेट कता छ भनी सोधे । उ अलि पर छ म देखाइदिन्छु भनी अघि अघि लाग्यो ।
म ट्वाइलेट भित्र पस्ने वित्तिकै उ पनि सँगसँगै पस्यो । मैले किन आएको भन्दा हल्ला नगर भन्यो, भित्ता तिर धकेल्यो, एकैछिनमा सोडा ल्याउने केटो आयो । म चिच्चाए । एकजनाले मलाईसमात्ने र मुख थुन्ने अर्कोले कपडा खोल्ने गरे । दुई दिन मिनेटको घम्साघम्सीपछि ट्वाइलेटमा ब्लेड रहेछ ।
मैले त्यसको खुट्टा औला र पैतालामा काटिदिए । होस आउँदा म पाटन मानसिक अस्पतालमा लडिरहेको थिए । बैतडी जिल्ला अदालतले ती अपराधीलाई १३ वर्ष कैद र जनही पचास चिास हजार रुपैयाँ जरिवाना तोक्यो ।
पछि पुनरावेदन अदालत महेन्द्रनगरले दुबैजनालाई निर्दोष भनि सफाइ दिएछ । के उनीहरु निर्दोष अनि मचाहि दोषी हुँ त ? यदि म दोषी हुँ भने मलई तुरुन्तै कारबाही गरियोस, हैन भने बलत्कारीहरुलाई पुन पत्राउ गरी सजाय सुनाइयोस ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment