''तपाईंहरुलाई लाज लाग्दैन यस्तो गर्न" ? फेरी रमेश खरेलको चर्चा
एसएसपी रमेश खरेल फेरी एक पटक चर्चामा आएका छन् ।
आफ्ना हाकिमहरु ब्रिफकेस बोकेर मन्त्री र नेताहरुको ढोकामा प्रमोसन माग्दै गएको सार्वजनिक अभिव्यक्ति दिएर चर्चामा आएका एसएसपी रमेश खरेलले वरिष्ठ प्रहरी सम्मेलनको अन्तिम दिन शुक्रबार आईजीपी उपेन्द्रकान्त अर्याल र एआईजीहरुप्रति औंला ठड्याउँदै,‘तपाईंहरुलाई लाज लाग्दैन यस्तो गर्न’ भनी दिएको अभिव्यक्तिले अहिले सनसनी मच्चिएको छ । आखिर खरेलले किन यसो भने त ?
प्रहरी महानिरीक्षक अर्यालको बिशेष निर्देशनमा एआईजी रमेशशेखर बज्राचार्यले ३० वर्षे सेवा अवधि बढाएर ३२ वर्षे,५८ वर्षे उमेर हद बढाएर ६० र आईजीपीको पदानवधि चार वर्षबाट घटाएर तीन वर्षे बनाइनुपर्ने कार्यपत्र पेश गरेका थिए । नक्कली भारु कारोबारमा झेलिएका बज्राचार्यको कमजोरीको उपयोग गर्दै आईजी अर्यालले सम्मेलनबाट उक्त प्रस्ताव पास गराएर कानुन बनाउने रणनीतिअनुसार सो प्रस्ताव ल्याउन लगाएका थिए । तरुण लेख्छ –यो संकेत पाएका एसएसपी र अधिकांश डीआईजीहरुले उद्घाटन सत्रकै दिन आईजीपी अर्यालले संगठनमा विभाजन ल्याउन नयाँ प्रस्ताव ल्याएको भनी चर्को आलोचना गरेका थिए । तर कतिपयले चाहिँ आईजीपी प्रकाश अर्यालको सुनमा सुराकी काण्ड जोडेर खरेलको अभिव्यक्तिलाई हेरेका थिए । रातोपाटीमा खवर छ ।
0 comments:
Post a Comment