– एजेन्सी / उज्यालो
पुस १ – कस्तो अचम्म खाने आवुलाट विजुली । बत्ती बाल्नका लागि बिजुली नभएर आलु प्रयोग गर्न सकिन्छ भनेको सुन्दा तपाईं पत्याउनुहुन्छ ? पक्कै पत्याउन गह्रो हुन्छ र यो सुन्दा जो कोही पनि अचम्ममा पर्न सक्छन् । तर यो पत्याउनै गाह्रो हुने कुरा सम्भव भएको छ ।
इजरायलको एक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आलुबाट बत्ती बाल्न सकिने र यसले विश्वका गरिब गाउँ बस्तिलाई पनि उज्यालो बनाउन सकिने बताएका छन् । अनुसन्धानकर्ता मध्येका एक इजरायलको हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ता रोबिनोविचका अनुसार एउटा आलुबाट ४० दिनसम्म एउटा एलइडी बल्ब बाल्न सकिन्छ ।
आलुबाट बिजुली निकाल्नका लागि आलुलाई आठ मिनेट उमाल्नु पर्छ । यसरी आलु उमाल्दा त्यसभित्र रहेका इलेक्ट्रोनको चहलपहल बढ्ने र त्यसले बढी उर्जा उत्पादन गर्ने अनुसन्धानकर्ताले बताएका छन् । उमालेको आलुलाई चार पाँच टुक्रा बनाएर तामा र जिंकको प्लेटको बिचमा राखेमा उर्जा १० गुण बढ्छ ।
आलुमा रहेको जिंकले तामासँग मिलेर रासायनिक प्रतिक्रिया हुन गई बिजुली उत्पादन हुने शोधकर्ताले बताएका छन् । आलुबाट बत्ती बाल्नका लागि प्लेट्स, तार तथा एलइडी बल्बलाई आलुमा जोडेर राख्नुपर्छ । आलुबाट निकालिने बिजुली डि सेल ब्याट्रीबाट निकालिने बिजुली भन्दा ५० गुणा सस्तो हुने शोधकर्ताले बताएका छन् ।
विश्वका १ सय ३० देशमा आलु उत्पादन हुन्छ । आलु विश्वका धेरै देशको प्रमुख खाद्य पदार्थ पनि हो । यसले गर्दा बिजुली उत्पादन गर्ने कुरा अलि अप्ठ्यारो पनि छ । संयुक्त राष्ट्रसंघले उखु तथा अन्य जैविक खाद्यान्नलाई बिजुली उत्पादनमा प्रयोग गर्न नहुने बताएको छ ।
विश्वमा अहिले पनि खाद्यान्नको अभाव भएकाले भएको खाद्यान्न पनि बिजुली उत्पादनमा प्रयोग गर्ने हो भने भोकमरी फैलने राष्ट्रसंघको चेतावनीका कारण यसतर्फ त्यती ध्यान गएको छैन ।
0 comments:
Post a Comment