विश्वमा सुर्ती उपभोगका कारण बर्सेनि ६० लाख मानिसको ज्यान जाने गरेको छ । अहिलेसम्म सुर्तीजन्य वस्तु चुरोट, बिँडी, पान, गुट्का आदिले स्वास्थ्यमा पर्ने असर बारेमा व्यापकस्तरमा अनुसन्धान भएका छन् र ती सबैको निष्कर्ष छ– सुर्तीजन्य पदार्थको उपभोगले स्वास्थ्यमा दूरगामी गम्भीर प्रभाव पर्छ ।
अचेल युवामाझ लोकप्रिय हुक्का पनि कम खतरनाक नभएको खोज गरिएको छ । हुक्का प्रयोग गर्ने र त्यसको धुवाँ सुँघ्न बाध्य मानिसमा खतरनाक रसायन बेन्जिनको प्रभाव परेर रक्तक्यान्सर ल्युकेमिया हुने सम्भावना बढ्ने देखिएको छ । यससम्बन्धी अनुसन्धान गर्ने टोलीका नेता नाडा कासिमले भन्नुभएको छ– विश्वास गरिए विपरीत हुक्काको धुवाँलाई धूमपानको सुरक्षित विकल्प मान्न सकिन्न । क्यान्सर इपिडिमियोलोजी, बायोमार्कर्स एन्ड प्रिभेन्सन जर्नलमा अमेरिकाको सान डियगो स्टेट युनिवर्सिटीकी कासिमले आफ्नो यस खोजको बारेमा जानकारी दिनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बेन्जिनलाई एक नम्बरको क्यान्सरजन्य तìव मानेको छ । बेन्जिनको कुनै पनि स्तरको मात्रा मानिसलाई हानिकारक हुन्छ । हुक्काले धूमपान गर्नु बेन्जिनको प्रभावमा पर्नु हो र यसै कारणले हुक्काको सम्बन्ध ल्युकेमियासँग छ ।
हुक्कामा प्रयोग गरिने लोकप्रिय सुर्ती मोजेलमा स्वादका लागि ३० प्रतिशत सुर्तीलाई मोलासेस तथा ग्लेसेरिन र रसायनिक तìवसँग मिसाइएर तयार पारिएको हुन्छ । कासिमको टोलीले सन् २०१३ मा अनुसन्धान गर्दा अमेरिकी कलेजका २६.६ प्रतिशत पुरुष र २३.२ प्रतिशत महिलाले कुनै बेला हुक्का प्रयोग गरेको तथ्य थाहा पाएको थियो । कासिमको अनुसन्धानको निष्कर्ष अनुसार हुक्काले ल्युकेमियाको खतरामा मात्र बढाउँदैन, फोक्सो र मुखको क्यान्सर तथा कोरोनरी मुटुको रोग पनि जन्माउन सक्छ ।
अनुसन्धान टोलीले हुक्का प्रयोग गर्ने एक सय पाँच जना र प्रयोग नगर्ने एक सय तीन जनाको पिसाबमा बेन्जिनको एक स्वरूप एस– फिनायलमरक्याप्चरिक एसिड (एसपीएमए) जाँच गरेको थियो । जसअनुसार हुक्का पिइने स्थानमा हुक्काले धूमपान गरेपछि हुक्का प्रयोग गर्नेहरूको पिसाबमा एसपीएमएको मात्रा ४.२ गुणाले वृद्धि हुने र घरमा हुक्का प्रयोग गर्दा १.९ गुणाले एसपीएमएको मात्रा बढ्ने थाहा भयो ।
0 comments:
Post a Comment