जापानको रेस्टुरेन्टमा बाँदरलाई 'वेटर' को काम गराउछन जापानीहरु (भिडियो सहित)

                                          यो रेस्टुरेन्टमा बाँदरले 'वेटर' को काम गर्छन् (भिडियो सहित)
                                        ============================================


(एजेन्सी) /जापानको राजधानी टोकियोमा एउटा यस्तो रेस्टुरेन्ट छ जहाँ बाँदरलाई वेटर बनाएको छ । उनीहरुले नै पर्यटकहरुलाई उक्त रेस्टुरेन्टमा आकर्षण गर्ने गर्छन् । उक्त रेस्टुरेन्टमा २ जना बाँदरले त्यहाँ आउने ग्राहकलाई स्वागत गर्छन । ति बाँदरहरुले आम वेटरले जस्तै आगन्तुकको सेवा (सर्भिस) गर्छन् । तिनीहरुले सिर्फ मेनू ल्याएर मात्र ग्राहकलाई दिदैनन् उनीहरुले ग्राहकले अर्डर गरे अनुसारको खानाका परिकार समेत सर्व गर्छन् । यि २ बाँदर बिल्कुलै आम मान्छे (वेटर) ले जस्तै रेस्टुरेन्टमा काम गर्छन । मान्छेले जस्तै यूनिफर्म (पोशाक) पनि लगाउछन् ।


उक्त रेस्टुरेन्टका मालिकका अनुसार आफ्नो रेस्टुरेन्टमा ति जनावरको उपयोग गर्ने विचार उनलाई तब आयो जब उनले आफ्नो घरमा रहेको बाँदरले सबै काम गर्न सक्थ्यो । उनि अझै २/३ वटा बाँदरलाई काममा राख्न चाहन्छन ।

होटलको ग्राहकहरुका अनुसार यो (वेटर) बाँदरले सहजै मान्छेले भन्न खोजेको कुरा सम्झन सक्छ । जसले बिल्कुलै त्यहि खाना र ड्रिंकको सर्व (सेवा) गर्छ जुन अरु मान्छे (वेटर)ले गर्ने गर्छन् । यति मात्र हैन यो बाँदरलाई टेबल नंबर पनि सम्झना हुन्छ । कति नम्बरको टेबलबाट के खानाको अर्डर भयो समेत उनीहरुलाई थाहा हुन्छ ।

जापानी कानून अनुसार, कुनै पनि जनावरलाई एक दिनमा २ घण्टाभन्दा बढी काम लगाउन पाइदैन ।



Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment