फेसबुकको पोस्टले पाँच वर्ष जेल..होसियार ..



फडिन्द्र भट्टराई- लन्डन, – एकजना बेलायती महिलाले आतंकवादलाई प्रोत्साहन गर्ने सामग्री फेसबुकमा पोस्ट गरेको आरोपमा बेलायतको अदालतले पाँच वर्ष तीन महिनाको सजाय तोकेर जेल चलान गरेको छ।
लन्डनको लुटनमा बस्ने ३५ वर्षीय रुना खानले आफ्नो फेसबुक वालमा आत्मघाती हमलाको चित्राङ्कन गर्ने टिसर्टको फोटो राखेकी थिइन्।
अनुसन्धानको क्रममा भेष बदलेर उनीसँग फेसबुकमा कुरा गर्ने बेलायती प्रहरीलाई उनले मुस्लिम अतिबादीहरुले आतंक मच्चाइरहेको इराक र सिरियाको इस्लामिक स्टेटमा जिहाद गर्न जाने तरिका बताउँदा फन्दामा परेकी हुन्।यसअघि ६ बच्चाकी आमा रुनाले अदालत समक्ष सिरियामा आतंकबाद जगाउने गतिबिधि गरेको आरोप स्वीकार गरेकी थिइन्।
त्यसपछि प्रहरीले उनको घरमा खान तलासी गर्दा उनका बच्चाहरुले बन्दुक र तरवार समातेका तस्विर लगायतका सामाग्रीहरु फेला परेको थियो।उनले केहि समयअघि दिएको प्रतिक्रियामा आफूले फेसबुकमा आफ्नो आस्था पोस्ट गरेको बताएकी थिइन्।
त्यस बाहेक उनले जिहादी बच्चा हुर्काउने आमाहरुलाई प्रोत्साहित गर्दै लेखिएको एउटा आलेख पनि फेसबुकमा राखेकी थिइन्।उनले आफूलाई छोरा एकदिन जिहादी बन्ने आशा रहेको समेत आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी थिइन्। गत वर्षको अक्टुवरमा उनको घरमा छापा मारिँदा आतंकवादी गतिबिधिका अन्य सामाग्री पनि फेला परेका थिए।
गत हप्ता मात्रै सिरियाबाट युद्द लडेर फर्किएका दुई बेलायती नागरिकलाई झन्डै तेह्र बर्षको जेल सजाय सुनाईएको थियो जससँग यी महिलाको पनि सम्पर्क हुने गरेको बताईएको छ। एसियन र अफ्रिकन मुलका आफ्ना नागरिकहरु अतिबादी मुस्लिम धर्म युद्द (जिहाद )को सपना सहित सिरिया र इराकमा लडाई गर्न जाने र देशमा फर्किएपछि पनि आतंकवादी हमला गर्न सक्ने खतराले बेलायतलाई यो निकै टाउको दुखाइको बिषय बनेसँगै आतंकवादी कानूनलाई पनि कडा पार्दै लगिएको छ।
मध्यपूर्वको यस्तो कथित धर्म युद्दमा बेलायतका मात्रै करिब पाँच सय लडाकु लडिरहेको अनुमान यहाँका गुप्तचर संस्थाहरुको रहेको छ। @ setopati

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment