हुम्लाको लिमी क्षेत्रका महिलाहरूका लागि ताक्लाकोट क्षेत्रका तिब्बती गाउँहरू रोजगारीको आकर्षक थलो बनेका छन्। भौगोलिक र भाषिक निकटता रहेका यी गाउँहरूको खेतीपातीमा संलग्न हुने लिमी क्षेत्रका महिलाहरूले खानासहित दैनिक १५० युआन कमाउँछन्।
यसलाई कम्तीमा नेरु १६ का दरले साट्दा पनि रु.२४०० र मासिक रु.७२ हजार हुन्छ। यस्तो काम गर्नेमा लिमी दराको हल्जी गाउँका महिला बढी छन्।
ताक्लाकोट क्षेत्रका गाउँहरूमा तिल, हल्जी, जाँग, ठेहे, स्याँडा लगायतका गाउँका हुम्ली कामदारहरूलाई जाँगरिला र इमानदार भनेर चिनिएका छन्।
“लिमीका महिलाहरूले यहाँ नाम दाम दुवै पाएका छन्”, ताक्लाकोटमा व्यापार गरिरहेका हुम्ला हेक्पाका ओङ्ग्याल लामा भन्छन्, “उनीहरू यहाँ आउनु भनेको सुर्खेतका महिला इजरायल गएको जस्तै हो।”
0 comments:
Post a Comment