स्तन खेलाउन दिएर समाज सेवा .....

 टोकियो - जापानमा अश्लील चलचित्रका नायिकाहरूको एक समूह लोकोपकारका लागि रकम उठाउन यसै साताको अन्त्यमा २४ घण्टासम्म आफ्नो स्तन उनीहरूको प्रशंसकलाई खेल्नदिने तयारी गरिरहेको र यसलाई सामान्य भाषामा ‘‘बुब एड’’ अर्थात स्तन सहयोगको नाम दिइएको समाचार प्राप्त भएको छ । वयस्कहरूका लागि तयार पारिएको चलचित्रका नौ नायिकाहरूले स्थानीय आमसञ्चारलाई आफ्नो सहयोग ‘‘स्टप एड्स’’ अभियानका लागि हुने र यस प्रक्रियालाई टेलिभिजनबाट प्रत्यक्ष रूपमा प्रसारण गरिने जानकारी दिएका छन् । उनीहरूले सहयोगी व्यक्तिलाई यस प्रक्रियामा भद्र भइदिन आग्रह गरेका छन् । ‘‘म आफ्नो स्तन मानिसहरूले खेलाएको हेर्न वास्तवमै प्रतिक्षारत छु’’, टोकियो स्पोर्टस् नामक समाचारपत्रमा रिना सेरिनाले भनेका शब्दहरू लगभग यस्तैनै छन् । उनले आफ्ना स्तन खेलाउने व्यक्ति संवेदनशील भए आफू खुसी हुने बताएकी छन् । यस्तो कार्यक्रम आयोजना सन् २००३ मा आरम्भ भएको हो र यस वर्षको कार्यक्रम १२ औँ हो । यसलाई वयस्कहरूले हेर्ने केबुल टेलिभिजनमा प्रसारण गरिनेछ । यी स्तनसँग खेल्ने व्यक्तिले एड्सविरोधी अभियानमा सहयोग गर्नेछन् । पछाडि कपाल बाटेकी सेरिनाले कुनै पनि विवाद सिर्जना होला भन्ने कुरालाई ध्यानै नदिइ आफ्नो स्तनले समाजलाई योगदान दिनसक्ने कुरा आफूले कहिल्यै नसोचेको बताइन् । अर्का अश्लील चलचित्र नायिका इकु साकुरागीले आफ्नो स्तनलाई सयौँ हातले खेलाउँदा आफूलाई कुनै असजिलो नुहने बताइन् । ‘‘यो लोकोपकारका लागि हो । तिनीहरूलाई खेलाउनुस् र पैसा सहयोग गर्नुहोस् । हामी सबै खुसी बनौँ’’, एक्काइस वर्षीया यी चलचित्र नायिकाले बताइन् । चौबीस घण्टे स्तन खेलाउने कार्यक्रम शनिबार स्थानीय समयअनुसार साँझ ८:०० बजे आरम्भ हुनेछ र यसलाई जापान फाउन्डेसन फर एड्स प्रिभेन्सनले सहयोग गरेको छ ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment