**** के एशु साक्चिकै मरेका थिय त ? DID lord JESUS DIED ON CROSS?? ****yeuta rochak lekh

**** के एशु साक्चिकै मरेका थिय त ? DID  LORD
JESUS DIED ON CROSS?? ****
मैले यो भन्दा पहिले एशु को मृत्यु र पुनरुत्थान्को समयको बारेमा प्रश्न उठायको थिय ।कतिले जवाफ दिने कोसिस गरे तर सफल भयनन् ।कतिले मलाई अल्पबुद्धी भयन्करम भनेर पनि गाली गरे भने कतिले समर्थन पनि गरे ।र एसपाली पुन: यो अल्पबुद्धी ले एउटा पहिले को भन्दा पनि ठुलो प्रश्न लियर आयको छ । के एशु साक्चिकै मरेका थिय त ?या मरेका थियनन ? मेरो मन मा यो प्रश्न उठ्नुको मुख्य कारण भनेको मुस्लिम धर्म ग्रन्थ कुरान को कारण ले गर्दा हो ।बिस्वोमा अहिले बिसेष गरी ४ प्रकार का धर्म हरु प्रचलित छन ।१ हिन्दू २ बौद्ध ३ इसाइ ४ इस्लाम ।र यि चार प्रकार का धर्म मान्ने धर्माबलम्बी हरुले आ-आफ्नो धर्म लाई मात्र १००% सही छ भनेर मान्दछन ।

ल अब आउ बिशय तिर फर्केर । बिस्वोका हरेक इसाइ हरु यो बिस्वास गर्छन कि इसामसिहले उनिहरुको पाप को निम्ती क्रुस मा मरेर तेस्रो दिन बौरी उठेका हुन । र हुन पनि यो कुरा ठिकै हो किनभने बाइबल ले पनि प्रस्ट भनेको त छ नि, कि एशु हाम्रो निम्ती मर्नुभयो भनेर र स्वोयम एशु ले पनि भनेकै छन ।
मर्कुस १० ।४५ "किनकी मानिस को पुत्र(एशु)सेवा पाउन हैन,सेवा दिन्,अनी धेरै को लागी छुट्काराको मुल्य स्वोरुप आफ्नो जिबन दिन आयको हो ।"
तेस्तै युहन्ना ६ ।५१ मा भनिएको छ । "जिवित रोटी म नै हु,जो स्वोर्ग बाट ओर्लिआयो ।एदी कसैले यो रोटी खायो भने त्यो सधैभरी जिउनेछ ।त्यो रोटी मेरो देह हो जो मैले सन्सार को निम्ती दिनेछु ।" र मत्ती २० ।१८-१९ मा पनि एशुले आफ्नो मृत्युको पुर्व सुचना दियका छन । यहाँ एशु ले म मरेपछी तिमीहरु को पाप नास हुन्छ भनेर नभने पनि कृश्चिअन हरु ले एसलाई त्यसरी नै ब्यख्या गर्दछन ।ल यो पनि ठिकै छ । 
माथी का यि कुरा हरु बाट यो अनुमान लगाउन सकिन्छ कि एशु निस्चय नै मरेका थिय भनेर । तर,
त्यसोभय बिस्वोको अर्को ठुलो धर्म इस्लाम ले किन एशु को मृत्यु लाई १००% असुइकार गर्छ त ? एदी कुरान पढ्ने हो भने हामिले त्यहाँ एशु को नाम मुहम्मद को भन्द धेरै पाउछौ जस्तो लाग्छ ।अर्थत कुरान ले एशु को बारेमा गवही दियको छ । तर किन कुरान ले एशु को मृत्यु लाई अस्विकार गर्छ त ?
कुरान ले प्रस्ट रुपमा भनेको छ । सुर-अल्-निसा ४ ।१५७ र १५८ मा कि,
'र उनिहरुले यो भन्दै मा कि हामिले मरियम को छोरो इसामसिह,अल्लाह को रसूल लाई मारेउ जबकी उनिहरुले इसामशिह लाई मारेको पनि थियनन्, न सुली मा नै चढायका थिय ।जो एस कुरा लाई सत्य मान्छन उनिहरु पुरा धोका मा छन । र यकिनन उनिहरुले इसा लाई मारेका थियनन ।
तर अल्लाह ले इसा लाई आफ्नो तर्फ उठायका थिय ।
Al-Qur'an 4:157] That they said (in boast), "We killed Christ Jesus the son of Mary, the Messenger of Allah";- but they killed him not, nor crucified him, but so it was made to appear to them, and those who differ therein are full of doubts, with no (certain) knowledge, but only conjecture to follow, for of a surety they killed him not .यसकारण कुरान बाट त यो कुरा १००% सिद्ध भयो कि एशु मरेका थियनन् भनेर । तर यसलाई त इसाइ हरु कदापी पनि मान्दैनन् । तेस्कारण ल अब आउ बाइबल ले एशु को मृत्यु को बारेमा क भन्छ ।एदी बाइबल को सुछ्म अध्ययन गर्ने हो भने त्यहाँ कतिपय त्यस्ता श्लोक हरु भेटिन्छन जसले एसु को मृत्यु ला ठाडै अस्विकार गर्दछ ।र यस्लाई एक्जना प्रसिद्ध इस्लामिक बिद्द्वान ले पनि बाइबल बाट नै यो प्रमाणित गरिदिय कि एशु मरेका थियनन भनेर त्यो पनि हजारौ पादरी र मौलाना को बिचमा ।र म त्यसैलाई आधार मानेर बाइबल बाट नै यो प्रमाणित गर्ने प्रयास गर्दछु कि एशु मरेका थियनन् भनेर ।ल सबै भन्दा पहिले हेरौ ।

proof no.1
१ कोरिन्थी १५ ।४२-४४
४२ मरेकाहरुको पनुरुत्थान पनि यस्तै हुनेछ । जुन शरिर बिनाशमा छरिन्छ(physical body),त्यो अबिनाशी रुपमा(spiritual body) जिवित तुल्यायिनेछ ।
४३ त्यो अनादर्मा छरिन्छ,तर आदर्मा जिवित तुल्यायिनेछ, त्यो दुर्बलता मा छरिन्छ तर सामर्थ मा जिवित तुल्यायिनेछ ।
४४ त्यो प्राकृतिक शरिरमा(natural body) छरिनेछ, तर आत्मिक शरिरमा(spiritual body) जिवित तुल्यानेछ ।

अर्थत्, st.paul का अनुसार पुनरुत्थान भयको शरिर्(मरेर पुन: जिवित भयको शरिर्) आत्मिक शरिर हो भौतिक शरिर हैन । अर्थत म्रुत्यु बाट बौरियको शरिर आत्मिक हुन्छ ।हाड्,छाला,मासु भयको भौतिक हुँदैन । 
त्यस्तै

लुका २० ।२७-३६
"मरेका हरुको पुनरुत्थान हुँदैन भ नि बिस्वाश गर्ने समुह सदुकिहरुमध्हे कोही एउटा प्रश्न लियर एशुकहाँ आय ।तीनइहरुले सोधे,"गुरुज्यु, मोशाले हाम्रा निम्ती लेखिदियका थिय,कुनै मानिसको दाज्यु नि:सन्तान भयि पत्निलाई मात्र छाडेर मर्यो भने,त्यस मानिस ले बिधवालाई बिवाह गरेर उसका दाज्युका निम्ती सन्तान खडा गरिदिनुपर्छ । अब सात भाइ थिय ।जेठाले पत्नी ल्यायो र नि:सन्तान भयि मर्यो ।अनी साहिलोले त्यस्लाई बिवाह गरे,अनी त्यसै गरी सातै जना नै नि:सन्तान भयि मरे । अन्त्यमा त्यो स्त्री पनि मरी ।अब्,मरेकाहरुको पुनरुत्थान हुँदा त्यो स्त्री कसकी स्वास्नी हुन्छे,किनकी सातै जनाको त्यस्सँग बिवाह भयको थियो ।
एशुले जवाफ दिनुभयो,"त्यस युगका मानिश हरु बिवाह गर्छन र बिवाहमा दियिन्छन । तर त्यस युगसम्म पुग्न र मरेकाहरुबाट पुनरुत्थान हुन योग्य ठहरिने हरुले नता बिवाह नै गर्नेछन नता बिवाहमा दियिन्छन ।" "अनी तिनिहरु(पुनरुत्थान भयका आत्मिक शरिर्) कहिले पनि मर्दैनन्;किनकी तीनइहरु स्वोर्गदुत समान हुन ।पुनरुत्थानका सन्तान भयकाले,तीनिहरु परमेशवोर का सन्तान हुन ।" र जहाँसम्म लाग्छ गोस्पेल मा(सुसमाचार्) एउटा पनि श्लोक छैन जहाँ एशु पुनरुत्थान भयका हुन भनेर लेखियको छ ।
अर्थत्,एशु को बिचार अनुसार पनि पुनरुत्थान भयको शरिर आत्मिक शरिर हो हाद्,छाला,मासु भयको भौतिक शरिर हैन ।त्यसोभय एदी एशु मरेर पुन: बौरी उठेको भय उनको शरिर पनि आत्मिक हुनुपर्छ,हाड्,छाला,मासु भयको भौतिक हुनुहुँदैन ।

ल अब आउ बाइबल ले के भन्छ,
लुका २४ ।३६ एशु चेला कहाँ देखिनुभयो
तीनिहरुले यसको बारेमा कुरा गर्दगर्दै एशु स्वयम तीनिहरुका माझमा खडा हुनुभयो र तीनिहरुलाई भन्नुभयो"तिमीहरुलाई शान्ति होस्" 
३७ तीनिहरुले एउटा भुत देख्दैछन भन्ठानेर तीनिहरु बिचलित भय र डराय । (किनभने तीनिहरुले एशु लाई क्रूस मा झुन्डायको देखेका थिय र एशुले प्राण त्यागेका छन भनेर सुनेका थिय ।)
ल अब फेरी हेरौ,लुका २४ ।३९-४२ एशु भन्नु हुन्छ
३९ मेरा हातहरु र खुट्टाहरु हेर ।म नै हु ।मलाई छोयर हेर;ममा भयका जस्तै मासु र हाड त कुनै भुत को हुँदैन ।
४० एती भनेपछी उहाले आफ्नो हात र खुट्टाहरु देखाउनुभयो ।
४१ अनि जब आनन्द र आश्चारय ले गर्दा तीनिहरुले पनि बिस्वास गरेनन्| तब उहाले तीनिहरुलाई सोध्नुभयो"के तिमीहरु सँग यहाँ केहि खानेकुरा छ ?" 
४२ तीनिहरुले उहालाई पकायको माछाको एक टुक्रा दिय । अनि उहाले त्यो खानु भयो । 
किनभने एशु यो प्रमाणित गर्न चाहनु हुन्थ्यो कि उहाको शरिर भौतिक हो आत्मिक हैन भनेर किनभने आत्माले केहि पनि खादैन र आत्मिक शरिर को हाड्, छाला पनि हुँदैन ।

मेरो प्रश्न,
त्यसोभय भर्खर माथी १ कोरिन्थी १५ ।४२-४४ र लुका २० ।३६ मा पुनरुत्थान भयको शरिर्(मरेर उठेको शरिर्)आत्मिक हुन्छ भनेर भनेको हैन र ? एदी एशु मृत्यु बाट पुनरुत्थान भयको भय उनको शरिर पनि आत्मिक हुनुपर्ने नि ? तर उनको शरिर पुरा भौतिक नै छ । किनभने एशुले हात्,खुट्टा,देखाय र खानेकुरा खाय पनि । 
तसर्थ, एसको अर्थ हुन्छ कि एशु मरेका नै थियनन् । किनभने उनि मरेका भय उनको शरिर आत्मिक हुनुपर्थ्यो भौतिक हैन ।

प्रमाण न २
मर्कुस १६ ।२"हप्ताको पहिले दिन एका बिहानै,सुर्योदय हुनासाथ तीनिहरु चिहान तिर लागे ।" किन गय ?(मेरो प्रश्न)
जवाफ्,मर्कुस १६ ।१"बिश्राम दिन बितेपछी एशुको शरिरमा मल्न भनेर मरियम मग्दलिनि,याकुब कि आमा मरियम्,अनी सलोमी ले मसाला हरु किने ।"
अर्थत्,एशु को शरिर मा मसला मसाज गर्न भनेर मरेको तेस्रो दिन आइतबार चिहान मा गयकी रहेछिन ।

अब मेरो प्रश्न,
के यहुदी हरुले मानिस मरेको तेस्रो दिन मा शरिर मा मसाज गर्छन त ?अह कदापी पनि गर्दैनन्(पहिलो दिन मा मात्र गर्छन युहन्ना १९ ।४०) । के इसाइ ले मरेको तेस्रो दिन मा गर्छन त ? अह कदापी पनि गर्दैनन् ।त्यसोभय किन मरियम मग्दलिनी एशु मरेको तेस्रो दिन मा शरिर मा मसाज गर्न गयिन त ?त्यसको मत्लब हुन्छ कि मरियम मग्दलिनी लाई पक्कै पनि एशु मरेका छैनन भन्ने कुरा थाह हुनुपर्छ जब एशु लाई क्रूस बाट झारियको थियो ।एदी उनले त्यतिबेला नै एशु जिवित छन भनेर भनेको भय पुन:यहुदी हरुले एशु लाई मार्ने प्रयास गर्दथे । त्यस्कारण उनि सुटुक्क आइतबार बिहान चिहान मा गयको हुनुपर्छ ।
अब फेरी आउ चिहान को ढुङो किन हट्यो भन्ने बारे,
युहन्न २० ।१ र मर्कुस १६ ।४,
तर जब तीनिहरुले मास्तिर हेरे,तीनिहरुले त्यो ठुलो ढुङालाई हटायको देखे ।साथ साथै सुती को कात्रो र कपडा पनि पन्छायको भेटे ।
अब मेरो प्रश्न,
१ के पुनरुत्थान भयको आत्मिक शरिर लाई चिहान बाट निस्कन ढुङा हटाउनु पर्छ त ? के आत्मा लाई ढुङाले छेक्छ ? अह कदापी पनि छेक्दैन ।
२ के कात्रो र कपडा ले छ्क्छ त ? नछेक्ने भय किन पन्छायको त ? आत्मा लाई बेरेको कपडा ले छेक्छ त ? अह कदापी पनि छेक्दैन । तर,
भौतिक शरिर लाई भने अबस्य पनि छेक्छ । भौतिक शरिर लाई चिहान बाट बाहिर निस्कन अबस्य पनि कपडा फुकाल्न र ढुङा हटाउन पर्छ ।
अर्थत्,यसबाट पनि सिद्द हुन्छ कि एशु को शरिर भौतिक नै थियो,आत्मिक थियन । अर्थत उनि जिवित थिय ।

प्रमाण न ३
युहन्ना २० ।१४,१५ "तब तीनले पछी फर्केर हेरिन्,र एशु लाई उभिरहनु भयको देखिन तर उहा एशु नै हुनुहुन्थ्यो भनेर चिनिनन् ।" एशु ले भने,"हे नारी तिमी किन रोहिरहेकी छेउ ?"उहाले तीनलाई सोध्नुभयो,"तिमी कसलाई खोज्दछेउ ?" तीनी सँग बोल्ने ब्यक्ती माली पो रहेछ भ नि तीन्ले सोचिन्, र भनिन््"हजुर्,तपाइले उहालाई लाईजानु भयको भय उहालाई कहाँ राखियको छ भन्नुस्,म उहालाई लाईजान्छु ।"

मेरो प्रश्न,
१ मरियम मग्दलिनी ले किन एशु लाई माली भनेर सोचिन ? के उनले त्यो भन्दा पहिले कैले पनि एशुलाई देखेको थियिनन र ? किन नदेख्ने हजारौ पटक देखेकी थियिन ।त्यसोभय किन माली भनेको त ? के पुनरुत्थान भयको शरिर माली जस्तै देखिन्छ त ? अह कदापी पनि देखिदैन । त्यसोभय किन माली भनेर सोचेको त ?
जवाफ आउछ, हुनसक्छ कि एशु को शरिर माली को जस्तै फोहोर मैला भयको,छेत बिछेत भयको,चिन्न नसकिने भयको हुन सक्छ ।
फेरि,त्यसोभय के पुनरुत्थान भयको शरिर माली को जस्तो फोहोर मैल भयको जस्तो देखिनछ त ? अह कदापी पनि देखिदैन । त्यसोभय किन भनेको त माली ?
एक मात्र उत्तर छ कि एशु को शरिर माली को जस्तै नै फोहोर युक्त थियो, किनभने एशुले यहुदी हरुको डरले आफ्नो शरिर माली जस्तै चिन्न नसक्ने बनायका थिय । एदी एशु साक्चिकै मरेर पुन:उठेका भय त नडराउनु पर्ने किनभने आत्मिक शरिर लाई त कसैले पनि मार्न सक्दैन । र बाइबल ले पनि भनेको छ हिब्रु ९ ।२७"मान्छे को निम्ती एक्पल्ट मात्र मर्नु निस्चित छ ।" र यही कुरा एशुले लुका २० ।३६ मा पनि भनेका छन कि पुनरुत्थान भय शरिर स्वोर्गदुत समान हुन्छन अर्थत त्यस्तो शरिर कहिले पनि मर्दैनन । एदी एक्पल्ट मात्र पनि एशु मरेको भय त्यसरि यहुदी हरुबाट डरायर लुक्दै हिड्न नपर्ने दोस्रो चोटी त कसैले पनि मार्न सक्दैन भनेर बाइबल ले नै भन्दैछ ।
अत: यसबाट पनि यो कुरा सिद्द हुन्छ कि एशु को शरिर आत्मिक थियन अत: पुरा हाड्,छाला भयको भौतिक नै थियो । त्यस्कारण १ कोरिन्थी १५ ।४२-४४ र लुका २० ।३६ अनुसार एशु जिवित नै थिय ।

त्यस्तै फेरी हेरौ, युहन्ना२० ।१६-१७
एशुले तीनिलाई भन्नु भयो, "मरियम्" तीनी उहातिर फर्किन र अरेमिक भाषामा चिचायर भनिन् 'रब्बोनि'(जसको अर्थ हुन्छ गुरुज्यु)
एशुले भन्नुभयो,"मलाई नछोउ, किनकी म अझै पितकहाँ गयको छैन ।"

मेरो प्रश्न,
किन एशुले मलाई नछोउ भनेर भन्नु भयो । के उनको शरिर मा करेन्ट थियो र ? के उनको शरिर मा बम थियो र ? अह थियन । त्यसोभय किन नछोउ भनेर भनेको त ? त्यसको जवाफ हो कि एशुको त्यो शरिर भौतिक शरिर नै थियो । जुन घाउ एशुको क्रूस मा झुन्डिदा,पिटाइ खादा,भाला ले घोच्दा लागेको थियो त्यो अझै निको भयको थियन्, र एदी कसैले उनलाई फेरी छुदा पुन:त्यो घाउ बेस्सारी दुख्थ्यो । त्यस्कारण उनले मलाई नछोउ भनेर भन्नु भन्नु भयो । अर्थत उनको त्यो शरिर पुरा को पुरा भौतिक शरिर नै थियो । र म पिता कहाँ गयको छैन भन्नु को के अर्थ हो ? एसको अर्थ हो कि उनि मरेको नै थियनन किन कि उनि मरेको भय त पिता कहाँ जानु पर्ने नि. उनलाई त पिता ले नै पठायका हुन । त्यस्कारण कोरिन्थी १५ ।४२-४४ र लुका २० ।३५-३६ अनुसार एशुको पुनरुत्थान नै भयको थियन । वा उनि मरेका नै थियनन ।

प्रमाण न ४ ।
योनाको कथा(एक्दम छोट्कारीमा)
बास्तबमा योना भनेको एक अगमबक्ता हो । र एक चोटी परमेशवोर ले योनालाई निनबेक मा गयर त्यहाँको मान्छे हरुलाई सुसमाचार देउ भनेर आज्ञा दिन्छन तर योनाले मान्दैनन । त्यस्पछी योना भागेर एउटा डुङा मा चढेर समुद्र मा जान्छन र उनले त्यहाँ एउटा जहाँज पनि देख्छन र त्यस जहाँज मा चढ्छन । एकैछिन मा त्यो जहाँज मा परमेशवोर ले ठुलो आधिबेहेरी ल्यायिदिन्छन । र त्यो जहाँज डुब्न लाग्छ र त्यस्पछी त्यो जहाँज को अरु मानिस ले योना लाई गाली गर्दै एसले गर्दा नै एस्तो भयको हो भनेर भन्छन । तब योना ले पनि हो पक्कै पनि मैले गर्दा नै हो किनभने मैले परमेशवोर को आज्ञा पालना गरेको थियिन भनेर भन्छन । र त्यस्पछी योनाले ती मान्छे हरुलाई मलाई टिपेर समुद्र(dungaa) मा फालिदेउ भनेर भन्छन । र मान्छे ले उहालाई समुद्रमा(dungaa) फलिदिन्छन । त्यस्पछी परमेशवोर ले एउटा ठुलो माछा पठाउछन जसले योनालाई मुख बाट निलेर पेटमा पुर्याउछ । र यहाँ अचम्म को कुरा भनेको त्यो योना त्यो माछा को पेटमा ३ दिन र ३ रात जिउदै परमेशवोर को स्तुती गर्दै बस्छन जुन कुरा सम्भव नै छैन । किनभने त्यहाँ अक्सिजन को अभाव हुन्छ र कोही पनि माछा को पेटमा ३ दिन ३ रात जिउदै रहन सक्दैन । र यो एउटा अचम्म को चिन्ह थियो ।
मेरो प्रश्न,
१ जब तीनिहरुले योनलाई जहाँज बाट बोट्(डुंगा) मा फालिदियका थिय तब योना जिउदो थिय कि मरेको थिय ? अबस्य पनि जिउदो थिय ।(अचम्म को चिन्ह)
२ जब योना लाई ठुलो माछाले निलेको थियो तब योना जिउदो थियो कि मरेको थियो ? अबस्य पनि जिउदो थियो ।(अचम्म को चिन्ह)
३ माछाले योना लाई ३ दिन ३ रात पेट मा राख्दा योना जिउदो थिय कि मरेका थिय ? अबस्य पनि जिउदो थिय ।(अचम्म को चिह्न)
४ माछाले योनालाई पेट बाट निकालेर कीनारमा फाल्दिदा योना जिउदो थिय कि मरेका थिय ? अबस्य पनि जिउदो थिय । (अचम्म को चिन्ह)
तर एदी योना जहाँज बाट डुंगा मा फालिदिदा मरेको भय आस्चारय को चिन्ह हुन्नथयो । माछले निल्दा मरेको भय आस्चारयको चिन्ह हुँदैन थियो । ३ दिन ३ रात माछा को पेट मा रहदा मरेको भय आस्चारयको चिह्न हुँदैन थियो । पेट बाट बाहिरा निकाल्दा मरेको भय आस्चारयको चिन्ह हुँदैन थियो ।तर सबै घटना मा योना जिवित नै रहन्छन । त्यस्कारण योना को पुरा घटना नै आस्चारय को चिन्ह थियो ।

ल अब आउ फर्केर मत्ती १२ ।३८-४०
३८ तब शास्त्री र फारसिले एशु लाई भने"गुरुज्यु,हामी तपाईंबाट एउटा अचम्म को चिन्ह हेर्न चाहन्छौ ।"

३९ एशुले भन्नुभयो,"दुस्ट र ब्यभिचारी अचम्मको चिन्ह खोज्छ,तर अगमबक्ता योनाको चिन्ह बाहेक अरु कुनै चिन्ह दियिने छैन ।"
अब एक्छिन बिचार गरौ त किन एशुले योनाको चिन्ह(३ दिन ३ रात जिउदो रहने अचम्मको चिन्ह) बाहेक अरु चिन्ह दियिने छैन भनेर भन्नु भन्यो ? एशुले त त्यो भन्दा पनि पहिले बिरामी निको पार्ने,भुत लागेको लाई निको पार्ने,कुष्ठ रोगिलाई निको पर्ने र यहाँतक कि मरेको मान्छे लाई पनि जिवित बनायका थिय । जाउ त्यहाँ गयर अचम्मको चिन्ह हेर किन नभनेको ? किन एक्मुष्ठ योना को चिन्ह मात्रै देखाउछु भनेर भनेको ?

४० किनकी जसरि योना एउटा ठुलो माछाको पेटमा ३ दिन ३ रात रहेका थिय,त्यसरि नै मानब पुत्र पनि पृथ्वी को गर्भ मा ३ दिन ३ रात रहनेछ ।
अब , एक्छिन बिचार गरौ कि कसरी योना माछा को पेटमा ३ दिन ३ रात रहेका थिय जिउदो कि मुर्दा ? अबस्य पनि जिउदो । 
त्यसोभय एशुले त्यसरि नै आफु पनि ३ दिन ३ रात रहने भनेपछी उनि पनि जिउदो हुनेभय कि मुर्दा त ? अबस्य पनि जिउदो ।
किनकी एदी एशु मरेका भय त त्यो अचम्म को चिन्ह नै भयन नि जसरि योना माछा को पेटमा मा मरेको भय अचम्म को चिन्ह नै हुने थियन । तर योना माछा को पेट मा जिउदै रहेकाले अचम्म को चिन्ह देखियको थियो ।र त्यही अचम्म को चिन्ह स्वोयम एशु ले पनि देखाउछु भनेपछी उनि पनि सत्प्रतिसत बाचेका थिय ।र एदी एशु मरेको भय त प्रोफेसी नै फुल्फिल भयन नि । ( अनि अर्को कुरा एशु मरेको समय पनि मिल्दैन)
(अत: यि माथीका याबत कुराहरुबाट सत्प्रतिसत प्रमाणित हुन्छ कि एशु मरेका नै थियनन भनेर ।)

SABHAR:- HARIOM TATSAT
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment