सर्पले टोकेको नयाँ औषधी नेपालमै पत्ता लाग्यो । ५ मिनेटमा चट् !
नेपालगंज २९ असार,
सर्प, बिच्छी, खजुरा लगायत विभिन्न विषालु किरा फट्याङ्ग्राको टोकाइबाट ५ मिनेट मै सञ्चो बनाइ दिने जडिबुटी पत्ता लागेको छ । बर्दिया बाँसगढी निवासी ७५ वर्षीय बैध्य कविराज देवकोटाले २० वर्ष लगाएर निरन्तर परिक्षण अध्ययन पछी यस्तो जडिबुटी पत्ता लगाएका हुन् ।
बर्षातको समयमा तराई क्षेत्रमा सर्पको टोकाईवाट धेरै मानिसको मृत्यु हुने भएकोले यसवाट बच्च यो औषधी बिधी अचुक हुने बैध्यको ठहर छ । २० वर्षको लगातारको खोजी पश्चात विषालु सर्प आफैलाई टोकाउन लगाइ त्यहि जडिबुटिको प्रयोग गरी सञ्चो भएपछि मात्र यसको प्रयोग प्रमाणित गरिएको हो । अहिलेसम्म उनले यहि विधिद्वारा १५ जना पीडित ब्यक्तिहरुको उपचार गरिसकेको जनाएका छन् ।
नंगसदर नामक जडिबुटीको प्रयोगद्वारा यस्तो उपचार सफल भएको हो । २० वर्षको लगातारको मेहनत पश्चात अहिले सफलता प्राप्त भएकोप्रति देवकोटा खुसी ब्यक्त गर्दै आफूमा भएको वैद्य सम्बन्धी यो ज्ञान युवा पुस्तामा हस्तान्तण गर्न चाहानु हुन्छ
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment