हामीमध्ये धेरैजसोलाई सागपात पनि अलिनो खाने अभ्यास छैन । सलादमा पनि नुन नभई हुन्न कतिपयलाई । त्यसमाथि तराई भेकका अर्थात् गर्मी ठाउँका मानिसलाई त खानेकुरामा नुन टाक्क लागेन भने केही खाए जस्तो पनि हुँदैन । तर विज्ञानले भन्छ, नुन ठिक्क खाए मात्र राम्रो ।
वर्तमान समयमा आहारविहारमा आएको परिवर्तनले सबैतिर मृगौलारोगीहरू बढाइरहेको छ । मानिसहरूको मन फास्टफुडमा बढी अलमलिन थालेको छ, जसमा नुनको मात्रा बढी नै हुने गर्छ । हालैको एउटा अनुसन्धान अनुसार, नुनको बढी सेवन मृगौलाका लागि हानिकारक हुन सक्छ । नुनको बढी उपयोग अर्थात् दिनहुँ औसत ४.७ मिलिग्रामभन्दा बढी खानुको अर्थ हो: जीवनको कुनै कालखण्डमा मृगौलारोगी हुनु ।
बढी नुन सेवनको सम्बन्ध डायलासिसको जोखिमसँग हुने तथ्य सार्वजनिक गरियो अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी लोजीको गत साता फिलाडेल्पिmयामा आयोजित सम्मेलनमा ।
अनुसन्धाताहरूले केमा पनि सचेत तुल्याएका छन् भने, नुन बढी नखानु भन्नुको मतलब खाँदै नखानु भन्ने लगाउनु हुन्न । नुनको सेवन कम भयो भने पनि रोगले गाँज्ने सम्भावना हुन्छ । नुन कम भए एल्बुमिनुरियामा गडबडी उत्पन्न गर्छ, जुन मृगौला बिगि्रने प्रमुख लक्षण हो ।रासस
0 comments:
Post a Comment